लामा खुट्टा बनाउन अढाइ करोडको सर्जरी, युवतीको भयो यस्तो हालत
संसार निकै अगाडि बढिसकेको छ र चिकित्सा विज्ञानको संसार त उसै पनि निकै अचम्म लाग्दो हुन्छ । यसले धेरै असम्भव लाग्ने कुराहरुलाई पनि सम्भव बनाइदिएको छ । यहीँ मेलोमा मानिसहरुले आफ्नो शरीरको उचाइ बढाउनका लागि पनि मेडिकल साइन्सको सहारा लिन थालेका छन् ।
हालै थेरेसया फिश्चर नामक एक मोडेलले आफ्ना खुट्टाको लम्बाइ बढाउनका लागि करिब अढाइ करोड रुपैयाँ खर्च गरेर शल्यक्रिया गरिन् । शल्यक्रियाबाट उनका खुट्टा त लामा भए तर निकै अनौठा खालका देखिन्छन् । यति हुँदा पनि उनले हार मानेकी छैनिन् । उनी यसको फाइदाको बारेमा बखान गर्ने ग्रेकी छिन् ।
जर्मनीको ह्याम्बर्गमा बस्ने ३१ वर्षीया फिश्चर पछिल्लो समय चर्चामा छिन् । उनी आफ्ना अस्वभाविक रुपमा लामा खुट्टा कारण विदेशी मिडियाहरुमा पनि छाएकी छिन् । उनले सेलिब्रेटी बिग ब्रदर शो को जर्मन संस्करणमा पनि देखिने मौका पाएकी छिन् ।
थेरेसियाले २ पटक शल्यक्रिया गरेर आफ्नो खुट्टामा टेलिस्कोपिक रड हालेकी छिन् । जसका कारण उनको खुट्टा लामो भएर जीउको कुल उचाइ ६ फिट पुगेको छ ।
न्युयोर्क पोष्टको एक रिपोर्ट अनुसार शल्यक्रियाबाट डाक्टरहरुले उनको खुट्टाको लम्बाई १४ सेन्टिमिटरले बढाइदिएका छन् ।
शल्यक्रियापछि उनको पूरै शरीर अस्वभाविक तथा अमिल्दो देखिएको छ । तर उनी भने त्यो स्वीकार्न तयार छैनिन् । शल्यक्रियाले आफ्नो मोडलिङ करिअर मात्र नभइ सेक्स लाइफलाई पनि उत्कृष्ट बनाइदिएको उनले बताएकी छिन् ।
आफ्नो २ पटकको शल्यक्रियाका लागि भएको एक लाख ६१ हजार डलर खर्च आफ्नो मोडलिङबाट भएको आम्दानीले उठाएको थेरेसियाको भनाइ छ । शल्यक्रियापछि आफ्नो कमाइ झनै बढ्ने विश्वास उनको छ । Onlinekhabar.com
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


