रक्सी छुटाउन चिपको प्रयोग गर्दै चीन, यसरी गर्छ काम
काठमाडौं ।
रक्सीको लतबाट कसरी मुक्त हुने ? यो प्रश्नको गतिलो जवाफ दिनेगरी चीनमा एउटा नयाँ प्रयोग गरिएको छ । रक्सीको लतबाट पीडित एक व्यक्तिको शरीरमा चिप प्रत्यारोपण गरिएको हो ।
चाइना साउथ मर्निङ पोस्टमा प्रकाशित एक रिपोर्टका अनुसार ३६ वर्षीय पुरुष लिउको शरीरमा उक्त चिप प्रत्यारोपण गर्न केवल पाँच मिनेटको शल्यक्रिया गर्नुपरेको थियो । चिप प्रत्यारोपणसँगै लिउलाई रक्सी पिउन तलतल लाग्नेछैन ।
१२ अप्रिलमा गरिएको उक्त शल्यक्रियाबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । यद्यपि यो हुनान राज्यको हाई-टेक ब्रेन अस्पतालमा गरिएको थियो ।
यसलाई एक क्लिनिकल ट्रायलको रूपमा हेरिएको छ । संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय नार्कोटिक्स कन्ट्रोल ब्यूरोका उपाध्यक्ष रहेका हाओ वेई नामका चिकित्सकको नेतृत्वमा उक्त शल्यक्रिया गरिएको हो । उनले आफ्नो टोलीसँग मिलेर अल्कोहल क्रेभिङ चिप बनाएका हुन् ।
चिपले कसरी काम गर्छ ?
यो चिपलाई सानो शल्यक्रिया गरेर मस्तिष्कमा प्रत्यारोपण गरिन्छ । प्रत्यारोपणसँगै यसले नाल्ट्रेक्सोन नामक रसायन निकाल्छ जसलाई शरीरले अवशोषित गरेपछि रिसेप्टरहरूले यसलाई मस्तिष्कको कार्यमा पठाउनेछन् ।
नाल्ट्रेक्सो रसायन एउटा यस्तो पदार्थ हो जसलाई विभिन्न प्रकारको लागु पदार्थको दुर्व्यसनबाट पीडित र सबै प्रयासको बाबजुद पनि यसलाई छोड्न असमर्थ व्यक्तिहरूको उपचारमा प्रयोग गरिन्छ।
एससीएमपीका अनुसार लिउले १५ वर्षदेखि मदिरा सेवन गर्दै आएका थिए । एकपटकमा एक लिटरभन्दा बढी रक्सी पिएपछि हिंसात्मक व्यवहार देखाउने उनको बानीले सबै आजित थिए । बिहानको खाजाअघि नै एक लिटर रक्सी पिउनुपर्ने उनी ड्युटीको समयमा रक्सी पिउँदा जागिरबाटै निकालिनु परेको थियो ।
‘म रक्सी नपाउँदा असाध्यै विचलित हुन्थे र लगभग डिप्रेसनमा जान्थेँ’ शल्यक्रियापछि उनले भने, ‘मलाई आशा छ कि अब म अन्य मानिसहरू जस्तै सामान्य जीवन जिउन सक्षम हुनेछु ।’
अमेरिकन जर्नल अफ फिजिएट्रीका अनुसार नल्ट्रेक्सोनको एक मात्रा सेवन गर्दा रक्सीको लतबाट छुटकारा पाउन निकै प्रभावकारी साबित भएको छ। यसले पिउने इच्छा कम गर्छ। अमेरिकामा पनि आधाभन्दा बढी मानिसले धेरै रक्सी पिउने गर्छन् ।
यो चिपबारे समाचार बाहिरिएपछि सामाजिक सञ्जालमा रमाइला बहस भइरहेको एससीएमपीले लेखेको छ । Onlinekhabar.com
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


