वालिङका जनप्रतिनिधिहरुलाइ संसदीय बैठक प्रणाली सम्बन्धी तालिम ।
वालिङ :
वालिङ नगरपालिकाका जनप्रतिनिधिहरुलाई संसदीय बैठक प्रणाली सम्बन्धी तालिम प्रदान गरिएकोे छ । वालिङ जेसीजको अयोजनामा जनप्रतिनिधिहरुलाई बैठक सञ्चालन, मर्यादा, आफ्ना भनाई राख्ने शैली लगायतका बारेमा प्रशिक्षण गराईएको हो ।
कार्यक्रममा नेपाल जेसीजका १९९७ का राष्ट्रिय अध्यक्ष रविन्द्र कुमार कर्णले बैठक के हो ? बैठक कसरी संचालन गर्ने, सफल बैठक कसरी आयोजना गर्न सकिन्छ , संसदमा कसरी प्रस्तुत हुने, सभामा सभामुखको अध्यक्ष र सदस्यको भूमिका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
तालिमबाट आफूलाई बैठक सञ्चालन सम्बन्धी राम्रो जानकारी प्राप्त भएको वडा नं. ११ का अध्यक्ष डण्डपानी पंगेनीले जानकारी दिनुभयो । निर्वाचित भएको एक बर्ष पछि पाएको बैठक सञ्चालन सम्बन्धी तालिम निक्कै प्रभावकारी भएको उहाँको भनाई छ ।
तालिम पश्चात बैठकको प्रभावकारिता बढ्ने वडा नं. ५ का वडा अध्यक्ष छवी आलेले बताउनु भयो । उहाँले भन्नुभयो,“तालिमले हाम्रो जिम्मेवारी र बैठकमा गर्नु पर्ने भूमिकाका बारेमा समेत बोध गराएको छ ।”
तालिममा वालिङ नगरपालिकाका जनप्रतिनिधिहरु,वालिङ,गल्याङ र भिरकोट जेसीज का सदस्यहरुको सहभागिता रहेको वालिङ जेसीजका अध्यक्ष मणिप्रसाद अर्यालले जानकारी दिनुभयो ।

नेपाल जेसीजका उपाध्यक्ष तथा वालिङ जेसीजको लागि निरुपित राष्ट्रिय उपाध्यक्ष चन्द्रमणि भुसालले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्नका लागि नेपाल जेसीजले पूर्ण सहयोग रहदै आएको बताउनु भयो ।
संसदीय बैठक प्रणाली तालिमले जनप्रतिनिधिहरुका लागि प्रभावकारी भएको वालिङ नगरपालिकाका प्रशासकीय अधिकृत तेजराज शर्मा जानकारी दिनुभयो ।
कार्यक्रममा वालिङ जेसीजका निर्वतमा अध्यक्ष ध्रुव पंगेनीले स्वागत मन्तव्य, सदस्य पूजा कोइरालाले आस्थापाठ र जेसीजका कानुनी सल्लाहकार यज्ञ पुरुष रिजालले जेसीजको मिसन र भिजन वाचन गर्नुभएको थियो ।
वालिङ जेसीजका वर्ष २०२३ का अध्यक्ष मणिप्रसाद अर्यालको अध्यक्षता र महासचिव सन्दिप कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


