वालिङ नगरपालिकाको कार्यपालिका बैठक नियमित प्रत्यक्ष प्रसारण हुने ।

वालिङ :
वालिङ नगरपालिकाको कार्यपालिका अब देखि बैठक प्रत्यक्ष प्रशारण हुने भएको छ । वालिङ ८ बगालथोक अवस्थित त्रीलोकेश्वरि आमा समूह तथा बगाले युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमको उत्घाटन गर्दै नगरप्रमुख कृष्ण खाँणले साे कुरा जानकारी गराउनु भएकाे हाे ।
जनताको चासोको विषय पालिका बैठक हुने भएकाले सो को गतिविधि प्रत्यक्ष प्रसारण गर्नुपर्ने धारणा लाई सुरुवात गरेको बताउनु भयाे ।
केहि समय पहिले वैदेशिक भ्रमणका क्रममा सिकेका धेरै कुरा लाई क्रमस कार्यान्वयनको बाटोमा लाने योजना समेत रहेको उल्लेख गर्नु भयाे । उहाँले भन्नुभयाे, अबका ५ वर्ष भित्र वालिङ नगरलाई सफा र हरायली नगर को रूपमा विकास गर्नु पर्ने छ । जसका कारण सुन्दरता सँगै पर्यावरणमा पनि सन्तुलन मिल्ने छ । “हरित सहर – वालिङ नगर” को गुरु योजनामा रहेकोले यस्तै गरी जनताको सहभागिता बनाउँदै सिद्दार्थ राजमार्गको दायाँ बायाँ रंगीविरंगी फूल रोपेर आन्तरिक तथा बाहिय पर्यटकको आकर्षण अनि रोजाइको स्थान बनाउँदै वालिङलाई थप चर्चाको शिखरमा पुर्याउन सकिने खाँणको भनाई छ।

खाँणले कार्यक्रममा सहभागी ५ जना साना बालिकाहरु मार्फत विभिन्न प्रजातिको बिरुवा रोपेर कार्यक्रम उत्घाटन भएको घोषणा गर्दै नया शैली को सुरुवात गर्नु भयाे । कार्यक्रममा स्थानीय युवाहरु ले आफै विभिन्न प्रजाति का रुख खरिद गरेर ल्याएको समाजसेवी भरत बगालेको भनाई छ। बगालेका अनुसार वृक्षारोपण कार्यक्रम लाई निरन्तरता दिदै बाँकी रहेको ठाउँमा पनि विभिन्न प्रजातिका फूल तथा बिरुवा रोप्ने अभियान क्लब को रहेको र रोपेको बिरुवा लाई हेरचाह गर्दे अन्य सामाजिक कार्य गर्ने क्लबको गुरु योजना रहेको छ ।
। कार्यक्रम को आयोजना बारे प्रकाश पार्दै प्रदीप बगालेले सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम राखेको बताउनु भएकाे थियाे । बृक्षारोपण कार्यक्रममा वार्ड नं ८ का वार्ड अध्यक्ष दामोदर तिवारी वार्ड नं ६ का श्याम कृष्ण श्रेष्ठ कार्यपालिका सदस्य युगमाया पंगेनी वार्ड सदस्य कविता परियार लगायत विभिन्न संघ संस्था का प्रतिनिधि को उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्ष आमा समुहका अधयक्ष रिमकान्ती बगाले र क्लवका अध्यक्ष सागर बगालेले गर्नु भएको थियो भने सञ्चालन भरत बगालेले गर्नु भएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन
१ हप्ता अगाडि
भवानी अधिकारी, स्याङ्जा ९ जेठ : मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति स्याङ्जाले नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुमाथि…