स्याङ्जा जिल्ला अस्पतालको २३ औं स्थापना दिवस
भवानी अधिकारी/स्याङ्जा :
स्याङ्जा जिल्ला अस्पतालले २३ औं स्थापना दिवस साप्ताहिक रुपमा बिबिध कार्यक्रमगरी मनाउने भएको छ । शनिवारदेखि सुरु भएको दिवसको कार्यक्रमको उदघाटन गर्दै गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग बिशेषज्ञ डा. प्रेमराज पंगेनीले अस्पतालले जनसेवामा पुरयाएको योगदानको चर्चा गर्नुभयो । उहाले पहिलो दिन सोही परिसरका निशुल्क पाठेघरको मुखको क्यान्सर तथा भीआइए स्क्रिनिङ् परिक्षण शिविर संचालन गरेर उदघाटन गर्नुभएको थियो । शिविर सचालनको शुभारम्भ गर्दै डा. पंगेनीले नेपालमा पाठेघरको मुखमा हुने क्यान्सर संख्या धेरै रहेको र यस प्रकारका परिक्षणले १० बर्ष पछि क्यान्सर हुन सक्ने अवस्थाका बारेमा अहिले थाहा पाउन सकिने बताउनुभयो । परिक्षणको नतिजा तत्कालै थाहा पाउन सकिने जनाउदै अस्पताल ब्यवस्थापन समिति महिलाको स्वास्थ्यप्रति संवेदनशील रहेकोमा खुशी एवं धन्यवाद ब्यक्त गर्नुभयो । साताब्यापी कार्यक्रम अन्र्तगत को अवसर पारेर पाठेघरको मुखको क्यान्सर लगायत अन्य सेवाका लागि टिकट र परामर्श सेवा निशुल्क गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले जानकारी दिनुभयो । पुतलीबजार नगरपालिका ३ कुमालगाउँमा विस २०५७ सालमा स्थापित अस्पतालले २३ औं स्थापना दिवस शनिवारदेखि मनाउन सुरु गरेको हो । २५ शैया स्वीकृत पाएको अस्पतालले झण्डै ५६ शैया ब्यवस्थापन गर्दै सेवा उपलब्ध गराउदै आएको छ । यहाँ डायलायसीस, ओपीडी, प्रसुती, अत्याधुनिक मेशिनबाट ल्याब परिक्षण, कल्चर परिक्षण, आँखा, दाँत, रक्त संचार लगायत बिभिन्न सेवा प्रवाह गर्दै आएको छ। आइसीयू सेवा संचालनका तयारी भैरहेको जनाईको छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सदस्य राजेन्द्र मरासिनीले स्वागत एवं प्राबिधिक चिकित्सक वेदप्रसाद पोखरेलले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


