स्याङ्जामा अपांगता सम्बन्धी हालसम्म भए गरेका सेवा सुबिधाका बारेमा जानकारी
स्याङ्जा :
राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेश कार्यालयले अपांगता सम्बन्धी हालसम्म भए गरेका सेवा सुबिधाका बारेमा जानकारी लिएको छ । स्वास्थ्य सम्बन्धी पुनस्र्थापना सेवाका लागि पुतलीबजारका जनप्रतिनिधि र सरोकारवालाबीच भएको समन्वयात्मक बैठककमा सो का बारेमा जानकारी लिएको हो । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिकाले अपांगता भएका ब्यक्तिको स्वास्थ्य बिमा, सहायक सामाग्री बितरण, बिभिन्न जानकारीमूलक कार्यक्रम सहित सहयोग, अडियोग्राफी परिचयपत्र बनाउने मेशिन, अपांगता स्याहार भत्ता लगायतका काम गरिरहेको जनाउदै आगामी दिनमा पनि आवश्यकता अनुरुपका सहयोग उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख देवी अर्याल, सामाजिक विकास समितिका संयोजक इमबहादुर सेन, जिल्ला अस्पताल स्याङ्जाका डा. सचिन रानाभाट, प्रशासन शाखा प्रमुख धनप्रसाद कोइराला, गण्डकी प्रदेश अपांगता निर्देशन समितिका बिज्ञ सदस्य युवराज पराजुली लगायतले नगरको अपांगताका अवस्था र उहाहरुका लागि आवश्यक सहयोगका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सचिवालय सदस्य हेम गुरुङले अपांगता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने स्याङ्जा जिल्ला अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


