सहिद महेन्द्र शाहको ४४ औं स्मृति दिवस

स्याङजा :

सहिद महेन्द्र शाहको ४४ औं स्मृति दिवस शनिवार उहाको जन्मगाउँमा पुगेर स्मरण गर्दे मनाइएको छ । सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानलेले पुतलीबजार नगरपालिका वडा नं. १४ स्थित सतौंमा निर्मित शाहको अर्धकदको शालिकमा माल्यापर्ण सहित उहाको स्मरण गर्दै दिवस मनाएको हो । स्मृतिसभामा वडा अध्यक्ष जितेन्द्रप्रकाश मल्ल, नेपाली कांग्रेसका वडासभापति राजेन्द्रकुमार भण्डारी लगायतले स्थानीय समाजसेवीहरुले कलिलो उमेरमै महेन्द्र शाहले आम नेपालीका स्वतन्त्रताका निम्ति बलिदानी गरेको स्मरण गर्नुभयो ।

महेन्द्र शाह प्रतिष्ठानका अध्यक्ष हुमनाथ ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव रविन केसीले गर्नुभएको थियो ।

विस २०१८ सालमा जन्मनु भएका महेन्द्र शाह विस २०३६ सालको बिद्यार्थी आन्दोलनका क्रममा आजकै दिन जेठ १४ गते स्याङ्जा बजारको सहिदचोकमा तत्कालिन प्रहरीको गोली लागेर शहादत प्राप्त गर्नुभएको थियो ।

Facebook Comments Box
TOP