सहिद महेन्द्र शाहको ४४ औं स्मृति दिवस
स्याङजा :
सहिद महेन्द्र शाहको ४४ औं स्मृति दिवस शनिवार उहाको जन्मगाउँमा पुगेर स्मरण गर्दे मनाइएको छ । सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानलेले पुतलीबजार नगरपालिका वडा नं. १४ स्थित सतौंमा निर्मित शाहको अर्धकदको शालिकमा माल्यापर्ण सहित उहाको स्मरण गर्दै दिवस मनाएको हो । स्मृतिसभामा वडा अध्यक्ष जितेन्द्रप्रकाश मल्ल, नेपाली कांग्रेसका वडासभापति राजेन्द्रकुमार भण्डारी लगायतले स्थानीय समाजसेवीहरुले कलिलो उमेरमै महेन्द्र शाहले आम नेपालीका स्वतन्त्रताका निम्ति बलिदानी गरेको स्मरण गर्नुभयो ।
महेन्द्र शाह प्रतिष्ठानका अध्यक्ष हुमनाथ ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव रविन केसीले गर्नुभएको थियो ।
विस २०१८ सालमा जन्मनु भएका महेन्द्र शाह विस २०३६ सालको बिद्यार्थी आन्दोलनका क्रममा आजकै दिन जेठ १४ गते स्याङ्जा बजारको सहिदचोकमा तत्कालिन प्रहरीको गोली लागेर शहादत प्राप्त गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


