शहरी सौन्दर्यलाई प्राथमिकता दिंदै पुतलीबजार
स्याङ्जा :
स्याङ्जाको पुतलीबजार नगरपालिकाले शहरी सौन्दर्यलाई प्राथमिकता दिंदै विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ । शुक्रबार बसेको कार्यपालिकाको ८७ औँ बैठकले स्याङ्जा बजार क्षेत्रलाई थप व्यवस्थित र सुन्दर बनाउन सरोकारवालाहरूसँग सहकार्य र समन्वय गर्ने निर्णय गरेको निर्णय गरेको हाे ।
पालिकाले स्याङ्जा बजार क्षेत्रभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएको छ । सिद्धार्थ राजमार्गभित्र पर्ने पुतलीबजारका मुख्य बजार क्षेत्रभित्रका विद्युत, टेलिफोन, केबुल तथा इन्टरनेट तार अव्यवस्थित रहेको भन्दै नगर कार्यपालिकाले सम्बन्धित पक्षलाई निर्देशन गरेकाे नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
बजार क्षेत्रभित्र सडकको दायाँ र बाँया बजारको सौन्दर्य नै कुरुप बनाउने गरी जथाभावी तारहरु झुण्डिरहेको र कुनै पनि बेला आगलागीको सम्भावना रहेको अवस्थालाई मध्येनजर गर्दै पुतलीबजारले यस्तो निर्णय गरेको हो ।
त्यस्तै स्याङ्जा बजारको अव्यवस्थित खानेपानीको उपयुक्त व्यवस्थापन गर्न सरोकारवाला निकाय, उपभोक्ता समिति लगायतसँग छलफल गरी बजार क्षेत्रभित्र खानेपानी पुर्याउने समेत कार्यपालिका बैठकले निर्णय गरेको छ । फुटपाथ एवम् सडक पेटीमा राखिएका सामान र मापदण्ड विपरितका विज्ञापनका होडिङ बोर्डहरु पनि हटाउने निर्णय गरिएको पुतलीबजार नगरपालिकाका प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनु भयाे ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


