आज राति चन्द्र ग्रहण लाग्ने ।

काठमाण्डौ:
नेपालमा आज राति पेनम्ब्रल (विरल छाया) चन्द्र ग्रहण लाग्ने छ । पेनम्ब्रल चन्द्रग्रहण शुक्रबार राति ८ बजेर ५९ मिनेटमा सुरू भइ ११:०७ बजे मध्य हुँदै शनिबार बिहान १ बजेर १६ मिनेटमा सकिने छ । यो चन्द्रग्रहण खग्रास (पूरै ढाकिने) वा खण्डग्रास (केही भाग ढाकिनें नभएर) बिरल छायाँ जनित अर्थात् पेनम्ब्रल चन्द्र ग्रहण हो।
वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यस सम्बन्धी धार्मिकरसांस्कृतिक मान्यताहरू लागू हुँदैनन्।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो । यस्तो छाया दुई प्रकारका हुन्छन् सघन छाया र विरल छाया । यदि चन्द्रमा पृथ्वीको सघन छायामा परे खग्रास वा खण्डग्रास चन्द्र ग्रहण हुन्छ भने विरल छायामा पर्दा पेनम्ब्रल चन्द्र ग्रहण हुन्छ। यो ग्रहण नांगो आँखाले खासै छुट्याउन नसकिने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा भित्तेपात्रोहरूमा यसको चर्चा नहुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।
यो ग्रहणको बेला तस्बिर खिचेर केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायको लागि यसको ठूलो महत्त्व छ, उनले भने ।
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…