लम्सालको स्वरमा रहेको जुनकीरी बत्ती सार्वजनिक

वालिङ :
गायिका पुजा देवकोटा र अभिषेक लम्सालको स्वरमा नयाँ लोक दोहोरी गीत जुनकीरीको बत्ती सार्बजनिक भएको छ । लामो समय प्रेममा रहेका जोडिहरुको बिछोडको कथालाई लिएर गीतकार कमल परियारले गीतका शब्द कोरेका हुन । पछिल्लो समय धेरै प्रेमिल जोडिहरु छिट्टै मायाप्रेममा बाधिने र राम्रोसँग एकले अर्कोलाई नबुझेर छुट्टिने जस्ता समासामयिक विषयबस्तुलाइ यस गीतमा समेटिएको छ ।
संगीतकार अनिल श्रेष्ठद्वारा संगीतवद्ध भएको गीतको म्युजिक एरेन्जर तथा मिक्सिङ मास्टरिङ महेशविक्रम पाण्डेले गरेका छन । अभिषेक लम्साल र पुजा देवकोटाको अभिनय रहेको यस म्युजिक भिडियोको निर्देशन तथा सम्पादन भने महेशविक्रम पाण्डेले नै गरेका छन । दुर्गा श्रेष्ठले सिनेमेट्रोग्राफ गरेको गीत रमेश शर्मा अफिसियल युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।
लम्सालले यसभन्दा अगाडि आफ्नो शब्द सङगीतमा बहुचर्चित गित रानिवनमा चरी ल्यायका थिए भने उनी अहिले गित सङगितमा नै ब्यस्त छन् । स्याङ्जा जिल्ला हरिनास गाँउपालिका ५वसन्तेडाँडामा जन्मिएका अबिषेक लम्सालले प्रदेशमा रहेर पनि आफ्नो देशको कला संस्कृतिको जगेर्ना गर्ने मूल उद्देश्यका साथ लम्साल संगितमा सक्रिय छन् ।

Facebook Comments Box
TOP