संस्कृत भाषाको महत्व,संरक्षण र प्रचारमा लाग्दै बिश्व हिन्दु युवा संघ स्याङ्जा
स्याङ्जा :
बिश्व हिन्दु युवा संघ स्याङ्जाले संस्कृत भाषाको महत्व ,संरक्षण र प्रचार अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा बिक्रम संवत २०८० को क्यालेन्डर बिमोचन समेत गरिएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रममा भिरकोट नगरपालिका वडा नं.१ का अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र केसीले संस्कृत भाषाको ठूलो महत्व रहेको र यसको बारेमा हामिले अब बुझ्न ढिला गर्न नहुनेमा जोड दिनुभयो । हिन्दु संस्कार र संस्कृतिको हामीले बुझ्न नसक्दा नेपाल पछाडि परेको बताउनु भयो ।
उहाँले आफ्नो मौलिक परम्परा ,धर्म ,संस्कृतिको जगेर्ना गर्न पर्ने कुरा बताउनु भयो । उहाँले बिश्व हिन्दु युवा संघ स्याङ्जाले उदाहरणिय कार्य गर्दै आएको र प्रसंशा गर्नु भएको थियो । क्यालेन्डर बिमोचन गर्दै उहाले क्यालेन्डर को मार्फत पनि हिन्दु धर्म संस्कृति को प्रचार हुने कुरा बताउनु भएको थिया ।

बिश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य एवं,भिरकोट ८ का वडा अध्यक्ष नन्द लाल खनालले सनातन हिन्दु संस्कृति को जगेर्ना र प्रचार प्रसार गर्न पर्ने बताउनु भयो ।उहाँले संस्कृत भाषा क्लास पनि अब सन्चालन गर्न पर्ने र राम्रा पक्ष को प्रचार गर्न पर्ने बताउनु भयो ।
अध्यक्ष नबराज पौडेलले बिश्व हिन्दु युवा संघ स्याङ्जाले गरेका कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो। उहाँले पनि संस्कृत लाई हामीले पुजा पाठ को रुपमा मात्रै हेर्न नहुने कुरा बताउनु भएको थियो। पौडेलले संस्कृत भनेको बिज्ञान हो र धेरै कुरा हरुको आबिश्कार भएको कुरा बताउनु भएको थियो।सबै सभ्यताको मुल बिषय भनेको नै संस्कृत भएको जानकारी गराउनु भएको थियो।
अब नेपाल पुर्बीय दर्शनको आधारमा चल्नु पर्ने कुरा बताउनु भएको थियो । पौडेलले हाम्रा कला संस्कृति लाई संरक्षण गर्नु पर्ने मा जोड दिनु भएको थियो । कार्यक्रममा समाजसेबी गोबिन्द पङ्गेनी ,बिष्णुमाया काफ्ले लगायतले आफ्नो मनतब्य राख्नु भएको थियो।
बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत मनतब्य जिल्ला सदस्य बबिन पाठकले राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन जिल्ला प्रबक्ता हरि रेग्मिले गर्नु भएको थियो ।
कार्यक्रममा समाजसेबी श्यामकुमार राना,बिश्व हिन्दु युवा संघ जिल्ला सह प्रबक्ता कुशल बस्याल, बिश्व हिन्दु युवा संघ जिल्ला सदस्य जिल्ला सदस्य राजन रेग्मी, लगायतको उपस्तिथी रहेको थियो ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


