चेन्नई सुपरकिंग्सलाई आइपिएल २०२३ को उपाधि ।
काठमाण्डौ:
चेन्नई सुपरकिंग्सले आइपिएल सन् २०२३ को उपाधि जितेको छ। मंगलबार विहान सकिएको खेलमा चेन्नईले गुजरात टाइटन्सलाई डिएलएस मेथडमा ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
दशौं पटक आइपिएलको फाइनल खेलेको चेन्नईको यो पाँचौ उपाधि हो।
अहमदावादमा वर्षाले प्रभावित भएको खेलमा चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो। जुन लक्ष्य चेन्नईले अन्तिम बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
चेन्नईका लागि ओपनरद्वय ऋतुराज गायकवाडले १६ बलमा २६ रन र डेवन कनवेले २५ बलमा ४७ रन जोडे। अजिन्का राहाणे २७ रन, अम्बाती रायदु १९ र कप्तान महेन्द्रसिंह धोनी शून्यमा आउट भए। शिवम् दुवेले नटआउट ३२ रन र जडेजाले नटआउट १५ रन जोडे।
अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको चेन्नईका लागि दुवे र जडेजाले चार बलसम्म ३ रन मात्र जोडेका थिए। पाँचौ बलमा जडेजाले गुजरातका मोहित शर्मालाई छक्का प्रहार गरे। त्यसपछि जितका लागि अन्तिम बलमा चौका चाहिएको थियो जसमा जडेजाले चौका नै प्रहार गर्दै चेन्नईलाई च्याम्पियन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेटको क्षतिमा २१४ रन जोडेको थियो। उसका लागि साई सुदर्शनले ९६ रन जोडे। उनले ४७ बलमा ८ चौका र ६ छक्का हिर्काए। ऋद्धिमान साहले ५४ रन र शुभमन गिलले ३९ रन जोडे। बलिङमा चेन्नईका मथीशाले दुई विकेट लिए।
उपविजेतामै सीमित बनेको गुजरातका गिल प्लेयर अफ दि सिरिज भए। उनले प्रतियोगिताभरमा सर्वाधिक रन जोड्ने क्रममा ८९० रन जोडे।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


