एकै रातमा पाँच घरमा चोरी : पैसा सुनको साथमा मासुभात पनि छाडेनन् चोरले ।
वालिङ, जेठ १ गते :
स्याङ्जाको गल्याङमा एकै रातमा पाँच घरमा चोरी भएको छ । गएराती गल्याङ नगरपालिका वडा नं.३ का पाँच घरबाट चोरले नगदका साथमा सुन चादी लत्ताकपडा लगायतका सामाग्री लगेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । केही घरमा धेरै चोरी भएको जानकारी रहेको भन्दै प्रवक्ता खनालले भन्नुभयो, ‘कुन घरमा कती धनमाल चोरी भएको छ यसको विवरण संकलन गर्ने काम भईरहेको छ ।’
चोरले स्थानीय बिजय राना लगायतको घरबाट धनमाल चोरी गरेको खनालले जानकारी दिनुभयो ।
चोरले एक घरमा रहेको मासु र भात पनि खाईदिएकाछन् । चोरी गर्ने क्रममा घरमा नगद तथा सुन लगायतका महत्वपूर्ण सामाग्री नभेटे पछि भान्सामा रहेको मासु र भात खाईदिएका हुन् । प्रहरीका अनुशार चोरले घरमा केही नभेटे पछि भान्सामा रहेको मासु भात खाईदिएछन् भने एक सय पचास रुपैया रहेकोमा १० रुपैया छाडेर १४० लगेछन् ।
यता चोरीको घटना प्रति गम्भिर भएको भन्दै गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले तत्कालै चोरी गर्नेहरुलाई नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गर्नु भएको छ । चोरी भएको जानकरी पाउनासाथ घरहरुमा पुगेको र प्रहरीबाट अनुसन्धनको काम भईरहेको भन्दै नगरप्रमुख भट्टराईले चोरी नियन्त्रणका लागि प्रहरीसँग मिलेर काम गर्ने जानकारी दिनभयो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


