लगेजको अतिरिक्त पैसा नतिर्ने जुक्ति, साढे २ किलो लुगा पहिरिएरै विमान यात्रा
काठमाडौं । विमानमा यात्रा गर्दा लगेजको तौल तोकिएको भन्दा बढी भएमा अतिरिक्त पैसा तिर्नु पर्छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा यात्रीले लैजान पाउने लगेजको तौल विमान कम्पनीपिच्छे फरक छ । उनीहरुले तोकेको भन्दा बढी तौलको लगेज भएमा थप शुल्क लाग्छ ।
यस्तो शुल्कबाट बच्न एउटी महिलाले भने अनौठो तरिका अपनाएकी छिन् । जेल रोड्रिगेज नाम गरेकी महिलाले अतिरिक्त शुल्क तिर्नबाट जोगिन साढे २ किलो कपडा पहिरिएको वेलायती अनलाइन मिररले जनाएको छ ।
उनलाई विमानले ७ किलोको हाते झोला सित्तैमा लैजान दिनेथियो । तर उनको झोलाको तौला ९ किलो भयो । त्यसपछि उनले विमानस्थलमै झोला खोलेर कपडा निकालिन् र ती कपडा पहिरिन थालिन् ।
फिलिपिन्सको डाभो सिटीमा रहेकी जेलले भनिन, ‘म अतिरिक्त शुल्क तिर्न चाहन्नथेँ, किनकी जम्म २ किलो मात्र बढी भएको थियो ।’
उनले धेरै कपडा लगाउँदा आफूलाई यात्राका क्रममा असहज भएको भन्दै यस्तो नगर्न अरुलाई सुझाव दिएकी छिन् । ‘यो निक्कै गर्मी थियो, म अरुलाई यस्तो गर्न सल्लाह दिन्न ।’ Onlinekhabar.com
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


