नेपालले जित्यो एसीसी प्रिमियर कप, एसिया कपमा भारत र पाकिस्तानसँग भिड्ने
काठमाडौं- एसीसी पुरुष प्रिमियर कप क्रिकेटको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेल नेपालले जितेको छ। नेपालका लागि गुल्सन झा र भीम सार्कीले महत्वपूर्ण साझेदारी गर्दै जिताएका हुन्।
नेपालले लगातार विकेट गुमाइरहेका बेला उनीहरुले सम्हालिनुका साथै रनरेटसमेत उकासेका हुन्। नेपालका लागि झाले महत्वपूर्ण योगदान गरे। उनले ६७ रन बनाउने क्रममा उनले ६ छक्का र ३ चौका प्रहार गरे।
अलराउन्डर झालाई आजको खेलमा तेस्रो नम्बरमै ब्याटिङका लागि पठाइएको थियो। नियमित क्रमका भीम सार्कीलाई तेस्रो चौथो नम्बरमा झारिएको थियो।
सार्कीले ७२ बलमा ३६ रनको योगदान गरे। त्यसअघि नेपालले तीन विकेट लगातार गुमाएको थियो। नेपालले जम्मा एक रन बनाउँदा ओपनर कुशल भुर्तेल रोहन मुस्तफाबाट एलबीडब्लू आउट भएका थिए भने ६ ओभरमा जम्मा १९ रन बनाउँदा आसिफ शेख आयान खानबाट एलबीडब्लू धरापमा परे।
यूएईलाई सस्तोमै समेट्ने क्रममा नेपालका लागि ललित राजवंशीले उत्कृष्ट बलिङ गरेका छन्। उनले ७ दशमलव एक ओभर बलिङ गर्दै जम्मा १४ रन दिएर चार विकेट लिए। करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए भने सोमपाल कामी र गुल्सन झाले एक/एक विकेट लिएका छन्।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


