मन्त्रीलाई ढुङ्गा हान्ने दुई युवालाई माफि मगाएर छाडियो ।
स्याङजा, वैशख २४ गते ।
गण्डकी प्रदेशका बिनाबिभागीय मन्त्री तथा गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारी चढेको गाडीमा ढुङ्गा हान्ने दुई युवालाई माफ मगाएर छाडिएको छ । प्रदेश मन्त्री अर्याल चढेको बि ए ए ५२५ नं.को सवारी साधनमाथि शनिवार राती वालिङ १३ गाहेखोलामा ढुङ्गा प्रहार भएको थियो ।
वडा प्रहरी कार्यालय वालिङको टोलीले शनिवार राती नै आक्रमण गर्ने युवाहरुलाई पक्राउ गरेको थियो । आक्रमणमा मन्त्री अर्याललाई कुनै चोट लागेको थिएन भने सवारी साधनमा सामान्य क्षेती भएको मन्त्री अर्यालका स्वकीय दिक्षान्तप्रताप खाँणले जानकारी दिनुभयो ।
आईतबार भएको छलफलमा युवाहरुलाई सम्झाई बुझाई गरि छाडिएको काँंग्रेसका प्रदेश सभापति अर्जुन प्रसाद खनालले जानकारी दिनुभयो । उनीहरुले हामीले अन्जानमा गल्ती गर्न पुग्यौं भनेर माफ मागे त्यसैले सहमतीमा नै उनीहरुलाई छोडेका छौं उहाँले भन्नुभयो । सांकेतिक तस्बिर।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


