लामा खुट्टा बनाउन अढाइ करोडको सर्जरी, युवतीको भयो यस्तो हालत

संसार निकै अगाडि बढिसकेको छ र चिकित्सा विज्ञानको संसार त उसै पनि निकै अचम्म लाग्दो हुन्छ । यसले धेरै असम्भव लाग्ने कुराहरुलाई पनि सम्भव बनाइदिएको छ । यहीँ मेलोमा मानिसहरुले आफ्नो शरीरको उचाइ बढाउनका लागि पनि मेडिकल साइन्सको सहारा लिन थालेका छन् ।

हालै थेरेसया फिश्चर नामक एक मोडेलले आफ्ना खुट्टाको लम्बाइ बढाउनका लागि करिब अढाइ करोड रुपैयाँ खर्च गरेर शल्यक्रिया गरिन् । शल्यक्रियाबाट उनका खुट्टा त लामा भए तर निकै अनौठा खालका देखिन्छन् । यति हुँदा पनि उनले हार मानेकी छैनिन् । उनी यसको फाइदाको बारेमा बखान गर्ने ग्रेकी छिन् ।

जर्मनीको ह्याम्बर्गमा बस्ने ३१ वर्षीया फिश्चर पछिल्लो समय चर्चामा छिन् । उनी आफ्ना अस्वभाविक रुपमा लामा खुट्टा कारण विदेशी मिडियाहरुमा पनि छाएकी छिन् । उनले सेलिब्रेटी बिग ब्रदर शो को जर्मन संस्करणमा पनि देखिने मौका पाएकी छिन् ।

थेरेसियाले २ पटक शल्यक्रिया गरेर आफ्नो खुट्टामा टेलिस्कोपिक रड हालेकी छिन् । जसका कारण उनको खुट्टा लामो भएर जीउको कुल उचाइ ६ फिट पुगेको छ ।

अस्वभाविक रुपमा लामा खुट्टाले आफूलाई निकै फाइदा पुगेको उनको दाबी छ । यसबाट आफ्नो आत्मविश्वास बढेको र खुसी तथा सन्तुष्टि मिलेको उनी बताउँछिन् । किशोरावस्थामा मानिसहरुले आफूलाई होचो भनेर निकै गिज्याउने गरेकाले आफूले शल्यक्रिया गरेर उचाइ बढाउने निर्णय गरेको उनको भनाइ छ ।

न्युयोर्क पोष्टको एक रिपोर्ट अनुसार शल्यक्रियाबाट डाक्टरहरुले उनको खुट्टाको लम्बाई १४ सेन्टिमिटरले बढाइदिएका छन् ।

शल्यक्रियापछि उनको पूरै शरीर अस्वभाविक तथा अमिल्दो देखिएको छ । तर उनी भने त्यो स्वीकार्न तयार छैनिन् । शल्यक्रियाले आफ्नो मोडलिङ करिअर मात्र नभइ सेक्स लाइफलाई पनि उत्कृष्ट बनाइदिएको उनले बताएकी छिन् ।

आफ्नो २ पटकको शल्यक्रियाका लागि भएको एक लाख ६१ हजार डलर खर्च आफ्नो मोडलिङबाट भएको आम्दानीले उठाएको थेरेसियाको भनाइ छ । शल्यक्रियापछि आफ्नो कमाइ झनै बढ्ने विश्वास उनको छ । Onlinekhabar.com

Facebook Comments Box
TOP