स्टाफ कलेजका २५ जना प्रशिक्षार्थी अधिकृत स्याङ्जामा

भवानी अधिकारी,
स्याङ्जा २४ चैत । निजामति सेवामा स्याङ्जाको स्थान अग्रणी छ । निजामति सेवामा प्रवेश गरेका हुन वा सो सेवामा आउन चाहने जो कोहीको पनि स्याङ्जा जिल्ला रोजाईमा पर्ने गर्छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा अध्ययरत प्रशिक्षार्थी अधिकृतलाई पनि स्याङ्जा बुझ्न यहाँ आएका छन । बिहीवार र शुक्रवार उनीहरुले यहाँका प्रशासनिक कार्यालय संगै केही पर्यटकीय एवं ऐतिहासिक स्थलको अवलोकन गर्ने भएका छन ्।
कलेजको ३६ औं आवासिय प्रशासन प्रशिक्षण अन्र्तगतको रारा समूह यहाँ आएको हो । उनीहरुले जिल्ला प्रशासन कार्यालय र पुतलीबजार नगरपालिकामा छुट्टाछुट्टै अन्र्तक्रियात्मक कार्यक्रम गरेका छन ्।
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिकाको बस्तुस्थितीका बारेमा जानकारी गराए। नगरपालिकाका ऐतिहासिक, आर्थिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक, पर्यटन लगायत हालसम्म भए गरेका विकास निर्माण, समस्या र चुनौतीका बारेमा जानकारी गराए ।
यसेैगरी, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जिल्लाको प्रशासनिक सेवा प्रवाहका बारेमा जानकारी गराए । उनले सरकारी कार्यालयबाट भए गरेका सेवा प्रवाह, कठिनाई र चुनौती औल्याए ।
जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, पुतलीबजार नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मी लगायतले नवनियुक्त अधिककृतका जिज्ञासाको उत्तर दिए ।
नेपाल सरकारद्धारा नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीमा शिफारिस भएका टोली स्याङ्जा र पाल्पा जिल्लाको अध्ययन अवलोकनका लागि आएको स्टाफ कलेका अध्ययन उपनिर्देशक ज्ञानलक्ष्मी श्रेष्ठले जानकारी दिईन् ।
नेपाल सरकारका नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका २५ जनाको सो समूहमा ५ महिला छन्। ती मध्ये गृह जिल्ला स्याङ्जा नभएका छन ।
उनीहरुले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आवासिय आधारभूत प्रशासन सहित ब्यवस्थापन सम्बन्धी प्रशिक्षण लिइरहेका छन्। फागुनको पहिलो सातादेखि सुरु भएको सो तालिम ६ महिनाको हुने कलेजका प्रशिक्षण तथा अनुसन्धान अधिकृत कृष्णबहादुर थापाले बताए ।
अधिकृत पदमा शिफारिस भएका नेपाल सरकारका कर्मचारीको क्षमता र दक्षता अभिबृद्धि गर्ने उदेश्यले स्थापित प्रतिष्ठान प्रशिक्षण प्रदायक सस्था हो ।
निजामति सेवामा सबैभन्दा बढी उत्र्तीण हुन सक्षम स्याङ्जा जिल्लाको बस्तुस्थिती, प्रशासनिक सेवा, प्रवाहका बारेमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा धेरै कुरा जानकारी पाउदा खुशी लागेको प्रशिक्षार्थी अधिकृत राजन सापकोटाले भन्नुभयो ।
समूहले बिशेषगरी स्याङ्जाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, सामाजिक , आर्थिक लगाएर राज्यबाट उपलब्ध गराउने सेवा, सुबिधा र प्रवाहका बारेमा जानकारी लिएका छन् ।
प्रशासन, स्थानीय पालिकाको प्रशासनिक सेवाको जानकारी लिएसंगै सो समूह नेपालकौ पहिलो पर्यटकीय गाउँ शिरुवारीमा पुगेर शुक्रवार पाल्पा तर्फ लागेको छ ।

Facebook Comments Box
TOP