जनजाति महासंघ स्याङ्जामा राना
प्रकाश डोटेल,
स्याङ्जा, २७ चैत्र ।
नेपाली काँग्रेसको भातृ संगठन ‘नेपाल लोकतान्त्रवादी आदीवासी जनजाति महासंघ’ स्याङ्जाको अध्यक्षमा नेमबहादुर राना मनोनयन भएका छन् । महासंघको केन्द्रिय समितिले रानालाई अध्यक्षमा मनोनयन गरेको हो ।
अध्यक्षमा मनोनित भएसँगै रानाले महासंघ जिल्ला समितिमा पदाधिकारी र सदस्य मनोनित गरेका छन् । जिल्लाका ११ पालिकाबाट प्रतिनिधित्व हुने गरी अध्यक्ष रानाले समितिमा पदाधिकारी र सदस्य मनोनित गरेका हुन् ।
महासंघको उपाध्यक्षमा अर्जुनचौपारीबाट भद्रबहादुर गुरुङ् ‘दिपक’, चापाकोटबाट अम्बिका कुमाल मनोनित भएका छन् । सचिवमा बिरुवाका धनबहादुर थापा र पुतलीबजारबाट सुस्मा श्रेष्ठ मनोनित हुँदा सह–सचिवमा वालिङका याम माया गाहा मगर तथा चापाकोटका पुष्पमान श्रेष्ठ ‘सन्तोष’ र कोषाध्यक्षमा आँधीखोलाकी सपना गुरुङ् मनोनित भएका छन् ।
जनजाति महासंघ जिल्ला समिति स्याङ्जाको सदस्यमा गल्याङ्का घुनबहादुर थापा, वालिङका जितबहादुर थापा मगर, भीरकोटका राजेन्द्र प्रसाद श्रेष्ठ, कालीगण्डकीका चन्द्रसिंह राना, फेदीखोलाका भरतबहादुर गुरुङ् र पुतलीबजारका प्रमोद प्रधान तथा भोजबहादुर कुमाल मनोनित भएका छन् ।
हाल मनोनयनबाट बनेको जिल्ला समितिको आगामी बैठकबाट समितिलाई थप सदस्य थपेर विस्तार गरिने अध्यक्ष रानाले जानकारी दिए । संगठन विस्तारमा थप साथीहरुलाई समाबेश हुने गरी समिति विस्तारको तयारी समेत गरिएको छ ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
५ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…