मुख्यमन्त्री सुरेन्द्रको सपथ, कांग्रेसबाट सरस्वती र माओवादीबाट सुशीला मन्त्री
पोखरा :
गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन् । बिहीबार साँझ मुख्यमन्त्री नियुक्त पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मध्यान्ह सपथ गराएका हुन् ।
माओवादीसमेतको समर्थनमा मुख्यमन्त्री दाबी पेस गरी नियुक्त हुन सफल नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले सपथमा माओवादीका तर्फबाट सुशीला सिम्खडालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाट सरस्वती अर्याल तिवारीले पनि मन्त्रीको सपथ लिइन् ।
सपथ समारोहमा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी पनि सहभागी थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


