दुर्गा आधारभुत विद्यालय कालीगण्डकी स्याङ्जाको वेथिती छताछुल्ल, भवन निर्माणमा व्यवस्थापन समिती र प्रअको लापरवाही

स्याङ्जा, १४ वैशाख ।
स्याङ्जाका सामुदायिक विद्यालयको वेथिती एकपछि अर्को गर्दै सार्वजानिक भएका छन् । चरम राजनीतिक हस्तक्षेप गैरजवाफदेही व्यवस्थापन तथा सरकार र समुदायको उदासिनताका कारण सामुदायिक विद्यालयहरुमा विकृति मौलाउदै जान थालेका हुन् । यस्तै वेथितीको ज्वलन्त उदाहारण यतिवेला कालीगण्डकी गाँउपालिकाको दुर्गा आधारभुत विद्यालयको छताछुल्ल भएको छ ।
विद्यालय व्यवस्थापन समिती गठनमा अभिभावकको असन्तुष्टी :
कालीगण्डकी गाँउपालिका वाड नं ४ स्थित दुर्गा आधारभुत विद्यालयको व्यवस्थापन समिती चयनमा गाँउपालिकाले हस्तक्षेप गरेको भन्दै अभिभावकले विरोध गरेका छन् ।
विद्यालय व्यवस्थापन समिती गठनका विषयमा आयोजना गरिएको भेलामा विद्यालयमा भवन निर्माण लगायतका विषयमा अनियमितता गरेको आरोप लागेका व्यक्तिलाई पुनः अध्यक्ष बनाएको भन्दै चरम असन्तुष्टी सार्वजानिक भएको हो । गाँउपालिकाले विष्णुप्रसाद पाण्डेलाई व्यवस्थापन समितीको अध्यक्ष चयन गरेको छ ।
भेलामा पाण्डे नेतृत्वले अघिल्लो कार्यकालमा विद्यालयमा भएका हिसाव किताव पारदर्शी नभएको भवन निर्माणका क्रममा राज्यको सम्पत्ति हिनामिना गरेको र नियम विपरित आफै ठेकेदार बनेर भवन निर्माण गरेको आरोप अभिभावकले लगाएका छन् । पालिकाले पुन पाण्डेलाई अध्यक्ष चयन गरेपछि व्यवस्थापन समितीका शिक्षक अभिभावक संघका अध्यक्ष सहित पाँच जनाले राजिनामा वुझाएका छन् ।
विद्यालयको भवन अलपत्र राज्यकोषको सम्पत्ती हिनामिना :
तिनवर्ष अघि भुकम्पपछि गठित राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत विद्यालयलाई ४ कोठे भवन निर्माणका लागि ६० लाख बजेट विनियोजन भएकोमा समयमा निर्माण सम्पन्न गर्न नसक्दा भवन अलपत्र अवस्थामा छ ।
भवन विद्यालय व्यवस्थापन समिती मार्फत गर्ने गरी निर्माण सम्झौता गरिएको थियो । समितीले तिन वर्षमा दुई ढलान गरेको भएपनि वाँकी काममा उदासिन देखिएका कारण राज्यकोषको चरम दुरुपयोग भएको देखिन्छ ।
भवन निर्माणमा अध्यक्ष विष्णुप्रसाद पाण्डेले मनोमानी ढंगले काम गरेको आरोप स्थानीयको छ । निर्माण सामाग्री ढुँगा, गिट्टी, बालुवा आफ्नै साधनवाट महङ्गोमा ढुवानी गरेको र विद्यालयलाई व्ययभार थपेको उनीहरुले आरोप लगाएका छन् । रु ४ हजार पर्ने वालुवा ६ हजार रुपैंया निर्णय गराएर आर्थिक लाभ लिएको अध्यक्ष पाण्डेलाई आरोप लगाएका छन् ।
विद्यालयको भवन निर्माणका लागि खरिद गरिएको झण्डै १ सय ५० वोरा सिमेन्ट १ वर्षदेखि विद्यालयको गोदाममा थन्काइएको छ । सिमेन्ट विग्रिएर डल्ला परेको छ भने विद्यालयको कम्पाउण्डमा एक वर्षदेखि छड लगायतका निर्माण सामाग्री अलपत्र छ ।
यस विषयमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विष्णुप्रसाद पाण्डेले ९० वोरा सिमेन्ट विग्रिएको स्वीकारेका छन् । भने व्यवस्थापन समितीको निर्णयवाट आफ्नै ट्याक्टरवाट निर्माण सामाग्री ढुवानी गरेको पनि स्वीकार गरेका छन् । उनले समितीको निर्णयवाट ६ हजारमा निर्माण सामाग्री ढुवानी गरेको दावी गरेका छन् ।
विद्यालयले हालसम्म दुई ढलान गरे वापत २८ लाख ६९ हजार भुक्तानी लिएको विद्यालयका प्रअ हुमकला विकले जानकारी दिइन् । उनले विद्यालयमा कुनैपनि आर्थिक हिनामिना नभएको दावी गरेकी छन् । विद्यालयको भवन निर्माणको क्रममा काम गर्न नसकेर निर्माण सामाग्री विग्रिएको जानकारी दिइन् ।
विद्यालयले खर्च सार्वजानिक गर्दा अस्वभाविक खर्च देखाइएकोमा अभिभावक असन्तुष्टी छन् । झण्डै २१ लाख ऋण देखाएर प्रअ र अध्यक्षको मिलेमोतोमा ठूलो आर्थिक चलखेलको शंका स्थानीयले गरेका छन् । यस विषयमा सम्वन्धित निकायवाट छानविनको माग समेत उनीहरुले गरेका छन् ।
यस विषयमा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले विद्यालयको विवादको विषयमा पालिकाले सत्य तथ्य वुझ्ने प्रयास गरेको वताएका छन् । विद्यालयमा गएका अनुदान छात्रवृत्ति र खाजा वापतको विषयमा पालिकाले छानविन गर्ने र दुरुपयोग भेटिएमा कारवाही प्रकृया अगाडी वढाइने उनले जानकारी दिए ।
अख्तियारलाई ध्यानाकर्षण
दुर्गा आधारभुत विद्यालयको आर्थिक हिनामिनाको तथ्य वाहिर आएपछि स्थानीयहरुले छानविन गरी सत्य तथ्य बाहिर ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत छानविनको माग गरेका छन् ।
विद्यालयको भवन निर्माण गर्दा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अफैले आर्थिक लाभ लिने गरी निर्माण सामाग्री ढुवानी आफ्नै साधनवाट महङ्गोमा ढुवानी गर्नु अख्तियार दुरुपयोग भएको ठहर्छ भने विद्यालयमा लाखौको निर्माण सामाग्री काम नलाग्ने गरी विगारिएको छ त्यसमा राज्यकोषको सम्पत्ति दुरुपयोग प्रष्ट देखिएकोले विद्यालयको अन्य हिसाव किताव समेत पारदर्शी नभएको हुँदा ठूलो रकम हिनामिना भएको देखिएकोले अख्तियारको समेत स्थानीय र अभिभावकले ध्यानाकर्षण गरेका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…