चापाकोट नगरपालिकाको १२ ओैं नगरसभामा पूर्ण खोप सुनिश्चत पालिका घोषणा
चापाकोट-१५ वैशाख । स्याङ्जाको चापाकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। नगरपालिकाको १२ ओैं नगर सभाको अवसरमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
नगरसभामा चापाकोट नगरपालिकाका प्रमुख देववहादुर खाँणले पूर्ण खोप सुनिश्चतता घोषणाले मात्र नागरिकको अधिकार पूरा नहुने यसलाई निरन्तरता दिनुपर्ने वताएका छन् ।

लोकतान्त्रिक संविधान निर्माण पछि वनेको शासन व्यवस्थाले हरेक नागरिकको स्वास्थ्यको अधिकार र संविधान प्रदत्त स्वास्थ्य सेवा आफ्ना नागरिक समक्ष पुर्याउन सक्नु गौरवको विषय रहेको वताउदै नगर प्रमुख खाँणले भने,” कुनै पनि कामको घोषणाले भन्दा निरन्तरताले गर्भिलो वनाउछ ।”
नगरपालिकामा १ सय ८५ बालबालिकालाई पूर्ण खोप लगाइसकिएको छ। भने नगरपालिकाको १० वटै वडामा ३ सय ७५ जना नियमित खोप लगाईरहेको स्वास्थ्य प्रमुख विन्दु कोइरालाले जानकारी दिए । वालवालिकालाई घर घरमा पुगेर स्वास्थ्यकर्मीले खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको उनले जानकारी दिए ।
सभामा नगर प्रमुख देववहादुर खाँण, नगर उपप्रमुख ईशा राना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल लगायत कर्मचारीले नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।
जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई लगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुने गरेको स्वास्थ्य शाखा प्रमुख कोईरालाले जानकारी दिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


