रुपन्देहीको सियारी गाउँपालिका अध्यक्षको घर नजिक प्रेसर कुकर बम फेला ।
बुटवल:
रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर नजिक प्रेसर कुकर बम फेला परेको छ।
सियारी गाउँपालिका–६ स्थित अध्यक्ष घिमिरेको घरको पछाडिपट्टी शनिबार बिहान साढे १० बजेतिर बम फेला परेको हो।
शंकास्पद वस्तु फेला परेपछि घिमिरेले सुरक्षा निकायलाई खबर गरेका थिए। लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीले १२ बजे बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको घरमा कस्ले र किन बम राखेको भन्ने बारेमा खुलिनसकेको र अनुसन्धान भईरहेको डिएसपी अर्यालले बताए। उनका अनुसार सिमेन्टको बोराभित्र राखिएको कुकर बमसँगै मधेश पिपुल्स पार्टी लेखिएका पर्चाहरु समेत भेटिएका थिए।
प्रहरीले सोही अनुसार अनुसन्धानलाई अगाडि बढाएको डिएसपी अर्यालले जानकारी दिए।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


