भ्रातृ संघ समन्वय विभाग गण्डकी प्रदेशको प्रमुखमा अजित क्षेत्री नियुक्त
पोखरा :
नेपाली काँग्रेस स्याङ्जाका युवा नेता अजित क्षेत्री गण्डकी प्रदेश कार्यसमिति अन्र्तगतको भ्रातृ संघ समन्वय विभागको प्रमुखमा नियुक्त हुनुभएको छ ।
नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद ४ धारा ११ (ग) बमोजिम गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले उक्त विभागको प्रमुख जिम्मेवारी दिनुभएको हो ।
उहाँ अहिले नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं १ को महाधिवेशन प्रतिनिधि, गण्डकी प्रदेश कार्यसमिति सदस्य र गण्डकी प्रदेश कार्यसम्पादन समिति सदस्य समेत रहनुभएको छ ।
नेपाल विद्यार्थी संघ स्याङ्जाको सभापति भएर काम समेत गरीसक्नुभएको क्षेत्री गण्डकी प्रदेशमा काँग्रेसका भातृ संस्थाको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको नेपाली काँग्रेस गण्डकीले जनाएको छ ।
क्षेत्री स्याजाको हरिनास गाउँपालिकाका बासिन्दा हुनुहुन्छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


