एसीसी प्रिमियर कप : नेपाल र युएई फाइनलमा
काठमाडौं, वैशाख १६ गते । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको कुवेत र नेपालबीचको सेमिफाइनल खेल भारी वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो ।
भारी वर्षाका कारण खेल नतिजा विहीन बनेपछि नेपालले समूह विजेताको रुपमा फाइनलमा स्थान बनाएको हो ।जितको लागि दुई सय ८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा खेल वर्षाले प्रभावित बनेको थियो ।
नेपालका लागि करण केसी एक्लेलै पाँच विकेट लिनुभएको थियो । अर्को विकेट सोमपाल कामीले झार्नुभएको थियो । त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन नसक्दा नेपालले समूह ‘ए’ को विजेताको रुपमा फाइनलमा स्थान बनाएको हो ।
यस्तै मूलपानी मैदानमा भएको अर्को सेमिफाइनल खेलमा युएई डीएलएस प्रणालीका आधारमा ओमानलाई दुई रनले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र युएईबीच फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमान आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । Gorkhapatra
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


