वालिङ बहुमुखी क्याम्पसमा ३० बर्ष पछि नेविसंघको प्यानल बिजयी ।

वालिङ,चैत्र ६ गते ।
स्याङ्जाको वालिङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापतिमा नेपाल विद्यार्थी संघका सन्दिप कंडेल (क्यान्डी) निर्वाचित हुनुभएको छ । आइतबार भएको निर्वाचनमा कंडेलले ४५६ मत प्राप्त गर्दै स्ववियुको सभापतिमा निर्वाचित हुनुभएको हो ।
कंडेलले अनेरास्ववियुबाट सभापति पदका उम्मेदवार मिलन बहादुर अर्याल लाइ पराजित गर्नुभएको हो । अर्यालले २९२ मत प्राप्त गर्नुभएको थियो ।
कोषाध्यक्षमा नेविसंघ सुमना लामिछाने निर्वाचित हुनुभएको छ । लामिछानेले ४५४ मत प्राप्त गर्नुभएको छ । अनेरास्ववियु बाट कोषाध्यक्षको उम्मेदवार बिना रेग्मीलाई लामिछानेले पराजित गर्नुभएको थियो । रेग्मीले २७१ मत प्राप्त गर्नुभएको छ ।
सचीवमा नेविसंघ कै राजिन कुवँर निर्वाचित हुनुभएको छ । कुवँरले ४५८ मत प्राप्त गर्नुभएको थियो। कुवँरले अनेरास्ववियु बाट सचिब पदका उमेदवार सुशान्त श्रेष्ठ लाई पराजित गर्नुभएको छ । श्रेष्ठले कुल २८२ मत प्राप्त गर्नुभएको भयो ।
क्याम्पसमा १०२३ मतदाता भएकोमा ७६६ मत खसेको थियो ।
वालिङ बहुमुखी क्याम्पसमा ३० बर्ष पछि नेविसंघको सभापति सहित प्यानल नै निर्वाचित भएको हो । बि.सं.२०४९ मा केदार काफ्ले सभापतिमा निर्वाचित भए यता अनेरास्ववियुको बर्चस्व रहदै आएको थियो । काफ्ले अहिले स्याङ्जा कांग्रेसको कार्यवाहक सभापति हुनुहुन्छ ।

 

Facebook Comments Box
TOP