प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने ।
काठमाण्डौ:
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।
‘प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गर्नुभयो’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीज्यूले सबैसँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
यद्यपि औचारिक निर्णय भएको छैन ।’ सत्ता साझेदार दलका शीर्ष नेताले चैत ६ गते विश्वासको मत लिने विषयमा समझदारी बनाएका ती सदस्यले बताए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।
समाचार
थप सामाग्री
खुमा फाउण्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
२ दिन अगाडि
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शिक्षा, स्वस्थ्य, खेलकुद…


