१३ महिनाभित्रै महिलाले दुईपटक जन्माइन् जुम्ल्याहा बच्चा
संसारमा थुप्रै चामत्कारिक घटना हुन्छन्, जो आम मानिसको कल्पनाभन्दा पनि बाहिर हुन्छन् । एउटा यस्तै घटना भएको छ, जसले प्रकृतिको सबैभन्दा ठूलो नियमलाई नै तोडिदिएको छ भन्दा पनि हुन्छ ।
हामी सबैलाई थाहा छ कि मानिसको बच्चा नौ महिनासम्म आमाको गर्भमा रहन्छ र मात्रै जन्मिन्छन् । यद्यपि कहिलेकाहीं अपवादको रुपमा सात महिनामै पनि बच्चा जन्मिएको सुनिन्छ ।
तर एक महिलाले भने १३ महिनाभित्रै दुईपटक जुम्ल्याहा बच्चा जन्माएर सबैलाई चकित पारेकी छन् । उनले १३ महिनाको अवधिमा चार जना बच्चा जन्माएकी हुन् । यो विशेष परिस्थितिलाई चिकित्सा भाषामा ‘मोमो ट्विन्स’ भनिन्छ । यसको पूरा रुप चाहिं मोनोएम्नियोटिक मोनोकोरियोनिक जुम्ल्याहा हो ।
यस्तो अवस्थामा आमा र बच्चा दुवैको ज्यान खतरामा हुन्छ । १३ महिनामै दुईपटक जुम्ल्याहा बच्चा जन्माउने महिलाको नाम ब्रिटनी हो । ब्रिटनी र उनका पति फ्रेंकीले केवल एक वर्षअघि मात्रै अमेरिकी राज्य अलाबामामा जुम्ल्याहा बच्चा जन्माएका थिए । तर त्यसको ६ महिनापछि नै ब्रिटनीले दोस्रोपटक जुम्ल्याहा जन्माइन् ।
युनिभर्सिटी अफ अलाबामाका शोधकर्ताहरुका अनुसार यस्तो मोमो ट्वीन्सको अवस्थामा एउटै साझा सालनाल र एम्नियोटिक थैलीमा भ्रुणहरु रहन्छन् ।
एजेन्सीको सहयोगमा
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


