स्याङ्जा सहित देशका ३४ जिल्लामा जनसंख्या घट्यो, स्याङ्जामा १.२८ प्रतिशतले कम ।

Syangja_district

काठमाण्डौ
राष्ट्रिय जनगणना २०७८ का अनुसार अघिल्लो जनगणनाको तुलनामा स्याङ्जा सहित देशका ३४ जिल्लामा जनसंख्या घटेको देखिएको छ । स्याङ्जाको जनसंख्या २०६८ को जनगणनामा भन्दा १.२८ प्रतिशतले कमी आएको छ ।

२०६८ को जनगणनामा दुई लाख ८९ हजार १४८ जना रहेकोमा अहिले घटेर दुई लाख ५३ हजार २४ पुगेको छ।

देशभरमा सबैभन्दा बढी रामेछाप जिल्लामा १।६७ प्रतिशतले जनसंख्या घटेको छ।

यो जिल्लामा २०६८ को जनगणनामा दुई लाख दुई हजार ६४६ जना रहेकोमा अहिले घटेर एक लाख ७० हजार ३२० पुगेको छ।

खोटाङ जिल्लामा १.५६ प्रतिशतले जनसंख्या घटेर एक लाख ७५ हजार २९८ पुगेको छ। जनसंख्या घट्ने जिल्लाहरूमा सबै हिमाली र पहाडी जिल्ला रहेका छन्।

काठमाडौं उपत्यका नजिकको जिल्ला काभ्रेपलाञ्चोकमा समेत ०.४६ प्रतिशतले जनसंख्या घटेको छ।

 

 

Facebook Comments Box
TOP