बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिरी सुखै छैन: डेपुटी गभर्नर मिश्र ।
काठमाण्डौ:
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारीमाथि कालोमोसो दल्न समूह बनाउने कामले समाज विभाजित गर्ने बताए ।
उनले व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाई कालोमोसो चल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न आग्रह गरे । उनले भने ‘कर्जा तिर्दिनँ भनेर सुख नै छैन । त्यसको परिकल्पना नगर्नू । दिइएको कर्जा रकम नेपाली दाजुभाइ दिदीबहिनीहरुले बैंकमा राखेको पैसा हो ।’
उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नेहरुलाई कसैले कुनैपनि क्षेत्रबाट प्रोत्साहन दिन नहुने बताए । मिश्रले भने ‘कर्जा दिन ढिला हुनसक्छ । त्यसको लागि राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरी लिलामी नीतिगत परिवर्तन गरी रोक्न सक्छ । बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउने वित्तिकै राष्ट्र बैंकमा गुनासो गर्नुभए तत्काल कारबाही गर्छ ।’ उनले नेपाल राष्ट्र बैंकले मार्च महिनालाई डिजिटल पेमेन्ट महिनाको रुपमा घोषणा गरेको बताए । सन् २०२३ को वर्षलाई नै डिजिटल पेमेन्टको वर्षको रुपमा लिएको उनको भनाइ छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


