त्रिभुवन आदर्शमा वित्तीय साक्षरता कार्यक्रम
स्याङ्जा :
“जनता बैंकमा होईन, बैंक जनतामा जानुपर्छ” भन्ने मुल उद्देश्यका साथ स्थापित मुक्तिनाथ विकास बैंक पुतलीबजार शाखाको आयोजनामा जिल्ला सदरमुकामस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकको सम्मन्वयमा २०२३ को मार्च २२ देखि २६ सम्म संचालित ‘ग्लोबल मनि सप्ताह’ का अवसरमा बैंकले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय साक्षरता कार्यक्रममा विद्यालयका कक्षा ११ मा अध्ययनरत झण्डै १ सय विद्यार्थीको सहभागिता रहेको थियो ।
त्यस अवसरमा बैंकका पुतलीबजार शाखा प्रमुख दिनेश गुरुङ्ले बित्तीय साक्षरताका मार्फत संचालित कार्यक्रमले नेपालमा पछिल्लो समय बचत गर्ने बानीको विकास भएको बताए । उनले बचत गर्ने बानीको विकास गर्न सकेमात्रै धनि बन्न सकिने मुलमन्त्रलाई आत्मसाथ गर्न सबैमा आग्रह गरे । बित्तीय साक्षतरताका अवसरमा विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, बैंकका अनुगमन अधिकृत बालकृष्ण रेग्मी, बजार प्रबद्र्धन प्रमुख सन्तोष ढकालले बैंकिङ् कारोबारका बारेमा विद्यालय स्तरमा आवश्यक ज्ञान प्रदान गर्न सके विद्यार्थीमा आर्थिक कारोबारको महत्वका बारेमा जानकारी हुने बताए ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ बैंकका आईबी डेक्स प्रमुख अरुण कार्की लगाएतका बक्तलाहरुले बोलेको मुक्तिनाथ विकास बैंक पुतलीबजार शाखा संचालन विभाग प्रमुख प्रलभ पोखरेलले जानकारी दिए । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालय, आमा समूह, युवा क्लब स्तरमा लामो समयदेखि बित्तीय साक्षरताका गतिविधिहरु संचालन गर्दै आएको छ । बैंककै सहयोगमा कृषक परिवारका विद्यार्थीलाई लक्षित गरी त्रिभुवन आदर्श माविमा ५ लाखको अक्षयकोष संचालनमा रहेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


