बेहुला मातेपछि विवाह नै रद्द ।
बारा:
घरमा बिहेवारी हुँदा को खुसी हुँदैन र ? त्यस्तै खुसी थिए बाराको कलैया उपमहानगरपालकिा–१० मटिअर्वाको एक परिवार । तर बेहुला लिएर जन्ती जाँदा साथीहरुले मादक पदार्थमा नशालुपदार्थ मिसाएर खुवाइदिएपछि भने विवाह नै रद्द भयो । त्यसपछि भने बेहुलाको परिवार रनभुल्लमा परे । घटना साताअघि फागुन १० बुधबारको हो ।
कलैया उपमहानगरपालिका,१० मटिअर्वा गाउँबाट वीरगन्ज महानगरपालिका–२७ घुर्मी टोलमा जन्ती जाँदासम्मको माहोल निकै रमाइलो थियो । बेहुला, परिवार, आफन्त र गाउँले खुसी थिए । बाजाको तालमा महिला, पुरुष बच्चाहरु सबै रमेका थिए । दसगजामै गाउँ भएकाले वारि र पारिको टोलमा पनि खुसियाली थियो । दिनभर भोजभतेर खाँदै सबै बाजाको तालमा रमेका थिए । तर जब बेलुका बेहुलासहितको टोली विवाहका लागि बेहुलीको घरमा पुग्यो तब भने तनावपूर्ण स्थिति सिर्जना भयो । २२ वर्षीय बेहुला प्रेमचन्द मण्डल नशामा मातिएको देखेपछि बेहुली पक्षले विवाह नै रद्द गर्ने निर्णय गर्यो ।
बेहुला सजिएर जाँदा कसैले पनि उनले नशालुपदार्थ सेवन गरेको सुईंको पाएका थिएनन् । तर बेहुलीको घरसम्म पुग्दा उनी नशाले रन्थनिएर अनियिन्त्रित हुने अवस्थामा पुगिसकेका थिए । नशाको सुरमा तथानाम गाली गर्नुका साथै र्याल काट्दै मातिएको देखेपछि बेहुली पक्षले कुनै पनि हालतमा विवाह नगर्ने अड्डी कसे ।
बेहुली पक्षले जन्तीमा गएकाहरुको सत्कार गरेर राति नै फिर्ता गरे पनि बेहुला, उनका परिवार र नजिकका आफन्त र उनीहरु चढेर गएको गाडीलाई नियन्त्रणमा लिएर राखे । त्यसपछि भने सबैको खुसीमा मौनता छायो । एकछिन सबै अलमल्लमा परे । यतिमात्रै नभएर बेहुली पक्षले आफूले विवहाका लागि दिएको दाइजोसहितको खर्च नै फिर्ता मागेपछि बेहुला पक्ष रनभुल्लमा परे ।
भोलिपल्ट दिउँसो साढे ५ लाख बेहुली पक्षलाई नबुझाएसम्म बेहुलासहित उनको परिवारलाई नियन्त्रणमै राखिएको थियो । वडाध्यक्ष भोलिपल्ट विवाद मिलाउन पुगेका थिए । मटिअर्वाका वडाध्यक्ष मोहम्मद साबिर मियाँ ठकुराईले बेहुली पक्षलाई आफ्नै नामको साढे ४ लाखको चेक र एक लाख नगद दिएपछि भने नियन्त्रणमा परेकाहरु मुक्त गरिए ।
‘बन्धक छुटाउन आफ्नो चेक दिएर आफैं झमेलामा परेको छु,’ मटिअर्वाका वडाध्यक्ष ठकुराईले भने, ‘बेहुलालाई नशा गर्ने बानी थिएन तर खुसीमा उनकै साथीले बियरमा कडा नशालुपदार्थ खुवाइदिएछन् ।’ आफ्नै समाजको बेहुला र उनको परिवार बन्धकमा परेपछि आफ्नो नामको चेक दिएर सबैलाई छुटाएको उनले बताए ।
विवाहका लागि बेहुली पक्षले बेहुला पक्षलाई साढे ५ लाख नगद दाइजो दिएका थिए । ‘दाइजोको साढे ५ लाख नगद, विवाहमा सट्टापट्टा गरिएको बाजा, गाडी, भोजभतेर, गहना, लुगाफाटो सबै गरेर झन्डै १० लाख बेहुला पक्षले खर्चेको थियो । तर विवाह रद्द भएपछि उक्त खर्चिएको रकम तिर्न बेहुलाका बाबु शर्मा मण्डलले खेतबारी बेच्नु परिरहेको वडाध्यक्ष ठकुराईले दाबी गरे ।
जन्ती, टिकाटाला, कपडालगायतमा भएको सबै खर्च पनि बेहुली पक्षले जोडेर बेहुला पक्षबाट तिर्न लगाएको उनले बताए । ‘मैले नशा प्रयोग गर्ने गरेको थिइन् । बेहुला भएर घरबाट निस्कनुअघि साथीको दबबामा १ गिलास बियरमात्र खाएको थिएँ,’ बेहुलालाई उद्धृत गर्दै परिवारका एक सदस्यले भने, ‘त्यसपछि मलाई के भयो अरु कुरा थाहै भएन ।’
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


