गण्डकीमा माओवादीका मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री अधिकारी अल्पमतमा ।

khagaraj adhikari gandaki

 

कास्की:
गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार पदबाट राजीनामा दिएका छन् । शुक्रबार बिहान ११ बजे बसेको गण्डकी प्रदेशसभाअन्तर्गत माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा संलग्न दुई मन्त्रीलाई राजीनामा गराउने निर्णय गरेको थियो ।

संसदीय दलका नेता एंव भौतिकमन्त्री चुमानले केन्द्रको निर्णयअनुसार सरकारबाट बाहिरिएको बताए । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता चुमानलाई सरकारबाट बाहिरिन बिहीबार निर्देशन दिएका थिए ।

 

Facebook Comments Box
TOP