‘विकास पूर्वाधारमा उदाहरण प्रस्तुत गर्दै कालीगण्डकी गाउँपालिका’

वालिङ, २६ फाल्गुन :
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापाले आफ्नो पालीकाले योजनावद्ध रुपमा विकास पूर्वाधार निर्माण गरेर देशमै उदाहरणीय बन्ने बाटोमा अगाडि बढेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको ‘कालीगण्डकी गाउँपालिका पर्यटकीय सम्भावना र विकास पूर्वाधार विषयक अन्तरक्रिया तथा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अभिमुखीकरण’ कार्यक्रमलाई मिर्मिमा सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो ।
अध्यक्ष थापाले आफ्नो पालिकामा पहिलो पाँच वर्षमा सात अर्व रुपैयाँ खर्च गर्ने योजना बनाएकोमा कोभिड लगायतका कारणले साढे ५ अर्व रुपैयाँ बराबर खर्च भएको जानकारी दिनुभयाये । उहांका अनुसार अघिल्लो ५ वर्षमा ५० किलोमिटर बाटो पीच गर्ने घोषणा गरिएकोमा २२ किलोमिटर पीच गरिएको बताउनुभयो । यो आर्थिक वर्षभित्र ४२ किलोमिटर पीच भइसक्ने उहांले जानकारी दिनुभयो । पालिकाको वडा नम्बर २ बाहेक सबै वडा कार्यालयसम्म पीच बाटोले जोडिएको र वडा नम्बर २को कार्यालयमा पनि यो आर्थिक वर्ष भित्र पीच बाटो पुर्याउने उहांको घोषणा छ ।
पालिका आफैले २४ रोपनीमा ड्रागन फूड्स लगाएर कृषकलाई प्रोत्साहन गरिएको, पालिकामा जन्मेका सबैलाई निसुल्क स्वास्थ्य विमा लागु गरिएको र पालिकालाई ग्यास चुल्हो मुक्त बनाउने योजनामा आफूहरु रहेको उहांले बताउनुभयो । उहांका अनुसार पालिकामामा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको र निजी विद्यालय घट्दै गएका छन् । कालीगण्डकीमा हाल ३९ विद्यालय मध्ये ३५ वटा सामुदायिक र चार वटा मात्र संस्थागत विद्यालय छन् ।
गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले पालिकामा सबै काम विवाद रहितढंगले हुनेगरेको जानकारी दिनुभयो । उहांले दुर्गम भनिएको पालिकामा पत्रकार महासंघ गण्डकी प्रदेशले कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले पालिकाको पर्यटकीय र पूर्वाधार विकासका जानकारी गराउनुभयो ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ गण्डकीले निर्माण गरेर महासंघ जिल्ला शाखा स्याङ्जालाई वेवसाइट हस्तान्तरण गरेको छ । पोखरा महानगरको सहयोगमा महासंघ गण्डकी प्रदेश समिति अन्तर्गत सूचना तथा प्रविधि उपसमितिले वेवसाइट डिजाइन गरेर महासंघ स्याङ्जालाई हस्तान्तरण गरेको हो । नेपाल पत्रकार महासंघ स्याङ्जाको समन्वय र कालीगण्डकी गाउँपालि
काको सहयोगमा भएको सो कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष नारायण शर्मा, महासंघ स्याङ्जाका कार्यबहाक अध्यक्ष राधकृष्ण डुम्रे र सचिव प्रतीक्षा काफ्ले लगायतले उक्त अवसरमा बोल्नुभएको थियो । अभिमुखीकरण बुधबार र विहिबार गरी दुईदिनसम्म संचालन भएको थियो ।
Facebook Comments Box
TOP