यस्ता छन् हरेक दिन काजु खानुका चार फाइदा
काजु, किसमिस, बदाम, ओखर आदि ड्राइ फ्रुट्स हुन् । खाली पेटमा नियमित काजु खान सकिन्छ (तर कस्ता व्यक्तिले सावधान हुनुपर्छ, तल पढ्नुहाेला) । स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय पाेर्टल मेडिकलन्युज टुडेका अनुसार, काजु पाेषक तत्वले भरपूर हुन्छ ।
यसमा भिटामिन सी, भिटामिन ए, भिटामिन बी6, सोडियम, पोटासियम, म्याग्निसियम, फाइबर, फ्याट, म्याग्नेस, आइरन, जिंकजस्ता पोषक तत्व पाइन्छ । मानसिक स्वास्थ्यदेखि मुटुसहित विभिन्न अङ्गका लागि काजुकाे सेवन लाभदायक हुने रिपाेर्टहरूमा उल्लेख छ । खासगरी खाली पेटमा काजु खाँदा तपाईंको शरीरले यसको पोषक तत्वलाई सजिलै अवशोषित (एब्जर्भ्ड) गर्न सक्छ । काजु खानुका केही फाइदा बुँदागत हेराैँ ः
कब्जियतको समस्यामा राहत
खानपानको असन्तुलनले अचेल धेरै मानिस पेटसम्बन्धी समस्या झेलिरहेका छन् । अक्सर मान्छे कब्जियतले हैरान हुन्छन् । यस्तो समस्याबाट आजित मानिसले काजु खाँदा राहत मिल्न सक्छ । काजुमा पर्याप्त मात्रामा फाइबर हुन्छ । त्यसैले यो खाँदा पाचन प्रणाली त तन्दुरुस्त रहन्छ नै, व्यक्तिले पेटका कतिपय समस्याबाट छुट्कारासमेत पाउन सक्छ । खासगरी कब्जियतबाट राहत पाउने हो भने काजुलाई खाली पेटमा सेवन गर्नु अति उत्तम विकल्प साबित हुन सक्छ ।
तौल कम गर्न
हामीले माथि नै भनिसक्यौँ, काजु खानुका अनेक फाइदा छन् । तौल कम गर्न काजु खानु तपाईंका लागि निकै फाइदाजनक हुन सक्छ । बिहान खाली पेटमा काजु खानुभयो भने तपाईंलाई दिनभर भोक लाग्दैन । भोक नलागेपछि एक थाल भात वा यस्तै अरु त खाइँदैन । यसो हुँदा तपाईं अनावश्यक खाना खानबाट जोगिनुभयो । सँगै अनावश्यक तौल बढ्ने जोखिमबाट पनि मुक्त हुनुभयो । तौल बढी छ भने घटाउन सक्ने हुनुभयो । shilapatra.com
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


