यस्ता छन् हरेक दिन काजु खानुका चार फाइदा

काजु, किसमिस, बदाम, ओखर आदि ड्राइ फ्रुट्स हुन् । खाली पेटमा नियमित काजु खान सकिन्छ (तर कस्ता व्यक्तिले सावधान हुनुपर्छ, तल पढ्नुहाेला) । स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय पाेर्टल मेडिकलन्युज टुडेका अनुसार, काजु पाेषक तत्वले भरपूर हुन्छ ।
यसमा भिटामिन सी, भिटामिन ए, भिटामिन बी6, सोडियम, पोटासियम, म्याग्निसियम, फाइबर, फ्याट, म्याग्नेस, आइरन, जिंकजस्ता पोषक तत्व पाइन्छ । मानसिक स्वास्थ्यदेखि मुटुसहित विभिन्न अङ्गका लागि काजुकाे सेवन लाभदायक हुने रिपाेर्टहरूमा उल्लेख छ । खासगरी खाली पेटमा काजु खाँदा तपाईंको शरीरले यसको पोषक तत्वलाई सजिलै अवशोषित (एब्जर्भ्ड) गर्न सक्छ । काजु खानुका केही फाइदा बुँदागत हेराैँ ः
कब्जियतको समस्यामा राहत
खानपानको असन्तुलनले अचेल धेरै मानिस पेटसम्बन्धी समस्या झेलिरहेका छन् । अक्सर मान्छे कब्जियतले हैरान हुन्छन् । यस्तो समस्याबाट आजित मानिसले काजु खाँदा राहत मिल्न सक्छ । काजुमा पर्याप्त मात्रामा फाइबर हुन्छ । त्यसैले यो खाँदा पाचन प्रणाली त तन्दुरुस्त रहन्छ नै, व्यक्तिले पेटका कतिपय समस्याबाट छुट्कारासमेत पाउन सक्छ । खासगरी कब्जियतबाट राहत पाउने हो भने काजुलाई खाली पेटमा सेवन गर्नु अति उत्तम विकल्प साबित हुन सक्छ ।
तौल कम गर्न
हामीले माथि नै भनिसक्यौँ, काजु खानुका अनेक फाइदा छन् । तौल कम गर्न काजु खानु तपाईंका लागि निकै फाइदाजनक हुन सक्छ । बिहान खाली पेटमा काजु खानुभयो भने तपाईंलाई दिनभर भोक लाग्दैन । भोक नलागेपछि एक थाल भात वा यस्तै अरु त खाइँदैन । यसो हुँदा तपाईं अनावश्यक खाना खानबाट जोगिनुभयो । सँगै अनावश्यक तौल बढ्ने जोखिमबाट पनि मुक्त हुनुभयो । तौल बढी छ भने घटाउन सक्ने हुनुभयो । shilapatra.com
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…