वालिङ उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ ।

स्याङ्जा :
जिल्लाको व्यापारीक केन्द्र वालिङको व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघमा नयाँ समिति चयन गरिएको छ ।
वालिङ उद्योग वाणिज्य संघको ८ औं अधिवेसनले अध्यक्षमा व्यवशायी चेतनारायण श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय समितिको चयन गरेको हो ।
बरिष्ठ उपाध्यक्षमा अनुपमा ढुङ्गाना चयन हुनु भएको छ । संघको उपाध्यक्षमा खगेन्द्रप्रसाद अर्याल, महासचिवमा रमेश अर्याल, सचिवमा पिताम्वर खनाल रहेकाछन् ।
कोषाध्यक्षमा खगुपति न्यौपाने, सह—कोषाध्यक्षमा केशव पराजुली चयन भएको संघका कार्यकारी सचिव बावुराम रेग्मीले जानकारी दिनुभयो । सदस्यहरुमा अशोक तिवारी, विश्वास लम्साल, गोविन्द तिवारी, इश्वरी प्रसाद गैह्रे, पिताम्बर भुषाल, मन्जु खड्का, प्रकाश अधिकारी, सुविन्द्र गुरुङ र मोहम्मद कलाम मियाँ चयन भएको रेग्मीले बताए ।
निर्वमान अध्यक्ष पनि पदेन सदस्य रहने विद्यानत व्यवस्था रहेको संघमा ४ जना सदस्य मनोनित हुन बाँकी रहेको छ ।
संघमा २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । लामो समय समिति चयनमा विवाद रहको संघको कार्यसमिति राजर्नतिक सहमतिका आधारमा चयन गरिएको हो । निर्वाचित कार्यसमितिलाई छिट्टै पदभार ग्रहण गर्ने कार्यक्रम तय हुने सचिव रेग्मीले बतानुभयो ।

Facebook Comments Box
TOP