स्याङ्जाका १० पालिकामा शिक्षक संघको नेतृत्व चयन

वालिङ :
स्याङ्जाका १० ओटा पालिकामा नेपाल शिक्षक संघको अधिवेसन सम्पन्न भएको छ । ११ पालिका रहेको जिल्लामा वालिङ नगरपालिका बाहेक सबै पालिकामा शिक्षक संघकोे अधिवेसन सम्पन्न भएको हो । संघियता जारी भएपछि बनेको स्थानीयतहमा दोस्रो पटक शिक्षक संघको अधिवेसन भएको छ । शिक्षक संघ स्याङ्जाको विभिन्न पालिकामा भएको दोस्रो अधिबेशनले नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको संघले जनाएको छ । संघको १० पालिकामा सम्पन्न भए अनुसार फेदिखोलामा शोभा थापा, पुतलीबजारमा लेखनाथ शर्मा, अर्जुनचौपारीमा बिष्णु प्रसाद चापागाँई, आँधीखोलामा जगदिश पौडेल, बिरुवामा राजु वाग्ले र भीरकोटमा चोलाकान्त काफ्लेको नेतृृत्वमा सर्वसहमतिमा नेतृत्व चयन भएका छन् । त्यसैगरी गल्याङ्मा लेखनाथ चापागाँई, चापाकोटमा गोपाल रेग्मी, कालीगण्डकीमा भीम थापा र हरिनासमा सुरज मानन्धरको नेतृत्वमा सर्वसहमतिमा पालिका कार्यसमिति चयन भएको संघले जनाएको छ ।
पालिकाको वडा अनुसार सदस्य चयन हुने व्यवस्था संघको ऐनमा छ । ऐनमा व्यवस्था भए अनुसार अधिवेसन सम्पन्न भएका पालिकामा कार्यसमिति चयन भएको शिक्षक संघका उपाध्यक्ष सीता गौडेल गैह्रेले जानकारी दिइन् । उनका अनुसार वालिङ बाहेक सबै पालिकामा सर्वसहमतिमा कार्यसमिति चयन भएको बताईन । वालिङ नगरपालिकामा नेतृत्वमा ३ जना आकांक्षी देखिएकाले सहमति जुट्न नसक्दा अधिवेसन सम्पन्न हुन सकेन उपाध्यक्ष गैह्रेले भनिन् । वालिङको पनि छिट्टै सर्वसहमतिमा नटुङ्गाउने प्रयास भइरहेको उनको भनाई छ ।
शिक्षक संघको जिल्ला कार्यसमितिको आगामी २८ गते शनिवार गर्ने भनिएको जिल्ला अधिवेसन स्थगित भएको जनाएको छ । सबै पालिकाहरुबाट मतदाता नामावली आउन ढिलाई भएको र वालिङ नगरपालिकाको अधिवेसन सम्पन्न हुन नसकेपछि संघले २८ गते गर्ने भनिएको जिल्ला अधिवेसन स्थगित गरिएको संघका जिल्ला अध्यक्ष लक्ष्मी रेग्मीले जानकारी दिए । २८ गतेसम्म मतदाता नामावली तयार गर्ने योजनामा छौं उनले भने,‘सो समय सम्म सम्पन्न हुननसकेका पालिकाको अधिवेसन सक्ने छौं ।’ फागुनको पहिलो साताभित्र जिल्ला अधिवेसन सम्पन्न गर्नेगरी संघ अगाडी बढेको छ उनले भने । सरकारी कर्मचारी शिक्षकहरुको अर्गानाईजेसन नेपाल शिक्षक संघ लोकतन्त्रवादी शिक्षकहरुको संगठन हो । अहिले सम्म यो संगठनमा कति शिक्षक आवद्धता छन् भन्ने बिषय सार्वजनिक गर्न सकेको छैन ।Public aawaj
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…