अबको स्ववियु : शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ

Dikshyanta pratap khand

दिक्षान्त प्रताप खाँण :
त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि गर्न नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति चैत्र ५ गतेलाई घोषणा गरेपछी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने क्याम्पसहरुका विद्यार्थी संघसंगठन र विद्यार्थीहरुले निर्वाचनको तयारी सुरु गरेका छन ।
त्रिभुवन विश्वविद्यालयको नियमावलीमा हरेक दुई/दुई वर्षमा स्ववियु निर्वाचन हुने उल्लेख भए पनि २०६५ सालपछी एकै चोटि २०७३ साल फाल्गुनमा २६ वटा मात्र आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचन गरिएको थियो । अन्य आंगिक क्याम्पसहरुमा विद्यार्थी सङ्ठनहरुको विवादलाई देखाएर निर्वाचन रोकिएको थियो ।

तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ मा निर्वाचित सरकारलाई अपदस्थ गरि राजनीतिक दलहरुलाई प्रतिवन्ध लगाएपछि त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विधार्थी युनियनको निर्वाचनको मागको आवाजहरु उठ्न थालेको थियो विधार्थीहरुले निरन्तर आन्दोलन र सङ्धर्ष गरेपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालय तयार भएको थियो पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २० भाद्र २०२० मा भएको थियो तर पछि सरकारले २०३० सालमा संघसङ्गठन नियन्त्रण ऐन ल्याएर स्ववियु माथी प्रतिवन्ध लगाउने काम भएको थियो तर पछि २०३६ सालको विद्यार्थी आन्दोलन पश्चात् स्ववियु पुनःस्थापन भएको थियो ।

राजनीतिक दलहरु माथी प्रतिवन्ध कायम हुँदा विधार्थीसंगठनहरु र स्ववियु राजनीतिक पार्टीको भूमिकामा थिए २०४६ सालको आन्दोलन होस या २०६२/६३ को जन आन्दोलनको अग्रमोर्चामा रहेका विद्यार्थी संगठनहरु संविधान सभाबाट संविधान जारी भई देशमा दोस्रो संसदीय निर्वाचन सकि सक्दा पनि विधार्थी संगठनहरुमा मातृ पार्टीको छायाँ देखिनु अत्यन्त खेदजनक रहेको छ ।

२०४६ सालको आन्दोलन होस या ०६२/६३ को जन आन्दोलनको अग्रमोर्चामा रहेका विद्यार्थी संगठनहरु संविधान सभाबाट संविधान जारी भई देशमा दोस्रो संसदिय निर्वाचन सकिसक्दा पनि विद्यार्थी संगठनहरुमा मातृ पार्टीको छायाँ देखिनु अत्यन्त खेदजनक रहेको छ  ।

स्वतन्त्र विद्यार्थी युनियन, विद्यार्थी आन्दोलनको लाईफलाईन भएता पनि विद्यार्थी संघसंगठनहरु माउ पार्टीको स्वार्थबाट मुक्त हुन नसक्दा स्वतन्त्र विधार्थी युनियनको निर्वाचन नियमित हुन सकेको छैन स्वतन्त्र विधार्थी युनियनको निर्वाचन नियमित हुन नसक्दा विधार्थी आन्दोलन कमजोर भएको छ

स्वतन्त्र विधार्थी युनियन विश्वविधालय र क्याम्पसमा हुने सबै विद्यार्थीको आलोचनात्मक चेत भएको साझा युनियन हो स्ववियुको भुमिका प्रभावकारी हुदा विश्वविद्यालय र क्याम्पसमा शैक्षिक गुणस्तर उकास्न सहज हुन्छ ईतिहास बदल्ने गौरवमय जगमा उभिएको स्ववियु निर्वाचन विद्यार्थी संगठनहरु आफू हारीने डरले निर्वाचन रोक्ने कार्यहरु गरिदिदा पनि यसको औचित्य छायाँमा परेको छ ।

स्ववियु निर्वाचन नेता उत्पादनको दृष्टिबाट पनि अत्यन्त महत्वपूर्ण रहेको छ स्वतन्त्र विद्यार्थी युनियनबाट उदाएका नेताहरु देशको कार्यकारी तहमा पुगेका छन पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा देखी गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी कुनै समयमा स्ववियुमा बसेर काम गरेका थिए । तसर्थ आसन्न स्ववियु निर्वाचनलाई सफलाता पुर्वक सम्पन्न गरि फेरि विधार्थी आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउनु आजको आवश्यकता भएको छ  । अब विद्यार्थी आन्दोलन र स्ववियु ठेक्का पट्टा र चन्दा असुली भन्दा पनि गुणस्तरीय शैक्षिक मुद्दामा केन्द्रित हुन सक्नुपर्छ ।
(लेखक खाँण नेपाल विद्यार्थी संघ स्याङ्जाका नेता हुनुहुन्छ । स.)

Facebook Comments Box
TOP