दुर्घटना न्युनिकरणका लागी स्लो मोटरसाईकल रेस प्रतियोगिता

कला राना,
स्याङ्जा २२ माघ ।
दुर्घटना न्युनिकरणका लागी वालिङमा सोलो मोटरसाईकल रेस गरिएको छ । पे्रस चौतारी नेपालको २५औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल स्याङ्जा साखाले सोलो मोटरसाईकल रेस आयोजना गरेको हो । पछिल्लो समय दु्रत गतिका कारण धेरै दुर्घटनाहरु निम्तने गरेको भन्दै प्रेस चौतारीले सचेतनामुलक सोलो मोटरसाईकल रेसको आयोजना गरेको हो ।
स्थापना दिवस रचनात्मक रुपमा मनाउने हेतुले सोलो मोटरसाईकल रेस मार्फत सर्वसाधारणलाई सचेतना जगाउने प्रयास गरिएको प्रेस चौतारी स्याङ्जाका अध्यक्ष शुसिल सुवेदीले बताउनुभयो । प्रतियोगितामा ४४ प्रतियोगिहरु सहभागि भएका थिए । २०० मिटरको दुरीमा गरिएको प्रतियोगितामा प्रथम आकाश परियार, द्धितिय अंकित श्रेष्ठ र तृतिय समिर श्रेष्ठ हुनुभएको छ ।
प्रतियोगितामा प्रथमले नगद ३ हजार बुलोटुथ वाला यामाहको हेलमेट, टिर्सट र प्रमाणपत्र, द्धितियले २ हजार नगद, टिर्सट र प्रमाणपत्र तथा तृतियले १ हजार नगद, टिसर्ट र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा वडा प्रहरी कार्यालय वालिङ, ट्राफिक प्रहरी कार्यालय वालिङ, शसस्त्र गुल्मले प्राविधिक व्यवस्थापनमा सहयोग गरेको थियो ।
कार्यक्रममा पुर्व मन्त्री तथा एमाले केन्द्रिय कमिटि सचिव पद्मा अर्यालले प्रेस चौतारीले दुर्घटना न्युनिकरणका लागी आयोजना गरेको यो कार्यक्रम निकै पं्रसशनीय रहेको बताउनुभयो । पछिल्लो समय हुने दैनिक दुर्घटनाको न्युनिकरणका लागी यो सन्देशमुलक कार्यक्रम रहेको भन्दै हामी स्वयंमको लापरबाहिका कारण दुर्घटना हुने गरेको पुर्व मन्त्री अर्यालको भनाई छ ।
साथै उहाँले पत्रकारिता माथिको आम नागरिकको विश्वास जिवित राख्नका लागी पत्रकारिता जगतलाई शिर्जनशीलताका साथ अगाडि बढाउन आवश्यक रहेको समेत बताउनुभयो । कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शोभकान्त पौडेल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हिमलाल पराजुली, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रीकृष्ण सिग्देललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…