१० लाख घूसको आरोपमा पक्राउ परेकीसँग न्यायाधीसको प्रेम ! जेलबाट छुटाएर बिहे !
यो सन्सार बिचित्रको छ । यस्तै अचम्मको एक समाचार भारतबाट आएको छ जहाँ १० लाख रुपैयाँ घूस लिएको आरोपमा जेलमा परेकी एक सरकारी अधिकृतसँग अदालतमा न्यायधीसको प्रेम भएको छ।
सरकारी अधिकृत पिंकी मीनालाई जेलबाट छुटाएर ती न्यायाधीसले बिहे गर्ने भएका छन् । राजस्थान उच्च अदालतको जयपुर बेंचका न्यायाधीश इंद्रजीत सिंहले उनलाई १० दिनको सशर्त जमानत दिए । दौसामा राजमार्ग बनाउने कम्पनीबाट पैसा लिएको आरोपमा एसडीएम पिंकी २९ दिन जयपुरको घाटगेट जेलमा थिइन्।
पिंकी मीनालाई महिला कारागारको ढोकाको सट्टा केन्द्रीय जेलको मूल ढोकाबाट बाहिर लगियो । उसको परिवारका मान्छेहरू उनलाई लिन आएका थिए । उनी जयपुरबाट चौमूको चिठीवाडीमा गाउँ गइन् । पिंकीले विवाहको पाँच दिन पछि फेरी जेल जानु पर्नेछ र अन्तिम सुनवाईसम्म पर्खनु पर्नेछ।
एसडीएम मीणाले जनवरी २०२१ मा तल्लो अदालतमा जमानतको लागि आवेदन दिएपनि अदालतले जमानत लिन अस्वीकार गर्यो । सरकारी वकिलले अनुसन्धान प्रभावित भएको भन्दै जमानतको विरोध गरेका थिए । यद्यपि, अब पिन्कीको बिहेको केही दिन अगाडि हाईकोर्टबाट जमानत लिएकी छिन्।
दैनिक भाष्करमा छापिएको समाचार अनुसार, पिंकी मीना जयपुर जिल्लाको चौमुनको चिठीवाडी गाउँकी हुन् । पिन्की मीनाका बुबा, किसान हुन् । उनले आरएएस परीक्षा पहिलो स्थानमा क्लीयर गरिसकेकी थिइन, तर २१ वर्ष नहुँदा उनी अन्तर्वार्ता दिन सकिनन्। pic-web
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


