१० लाख घूसको आरोपमा पक्राउ परेकीसँग न्यायाधीसको प्रेम ! जेलबाट छुटाएर बिहे !

यो सन्सार बिचित्रको छ । यस्तै अचम्मको एक समाचार भारतबाट आएको छ जहाँ १० लाख रुपैयाँ घूस लिएको आरोपमा जेलमा परेकी एक सरकारी अधिकृतसँग अदालतमा न्यायधीसको प्रेम भएको छ।

सरकारी अधिकृत पिंकी मीनालाई जेलबाट छुटाएर ती न्यायाधीसले बिहे गर्ने भएका छन् । राजस्थान उच्च अदालतको जयपुर बेंचका न्यायाधीश इंद्रजीत सिंहले उनलाई १० दिनको सशर्त जमानत दिए । दौसामा राजमार्ग बनाउने कम्पनीबाट पैसा लिएको आरोपमा एसडीएम पिंकी २९ दिन जयपुरको घाटगेट जेलमा थिइन्।

पिंकी मीनालाई महिला कारागारको ढोकाको सट्टा केन्द्रीय जेलको मूल ढोकाबाट बाहिर लगियो । उसको परिवारका मान्छेहरू उनलाई लिन आएका थिए । उनी जयपुरबाट चौमूको चिठीवाडीमा गाउँ गइन् । पिंकीले विवाहको पाँच दिन पछि फेरी जेल जानु पर्नेछ र अन्तिम सुनवाईसम्म पर्खनु पर्नेछ।

एसडीएम मीणाले जनवरी २०२१ मा तल्लो अदालतमा जमानतको लागि आवेदन दिएपनि अदालतले जमानत लिन अस्वीकार गर्‍यो । सरकारी वकिलले अनुसन्धान प्रभावित भएको भन्दै जमानतको विरोध गरेका थिए । यद्यपि, अब पिन्कीको बिहेको केही दिन अगाडि हाईकोर्टबाट जमानत लिएकी छिन्।

दैनिक भाष्करमा छापिएको समाचार अनुसार, पिंकी मीना जयपुर जिल्लाको चौमुनको चिठीवाडी गाउँकी हुन् । पिन्की मीनाका बुबा, किसान हुन् । उनले आरएएस परीक्षा पहिलो स्थानमा क्लीयर गरिसकेकी थिइन, तर २१ वर्ष नहुँदा उनी अन्तर्वार्ता दिन सकिनन्। pic-web

Facebook Comments Box
TOP