शीत भण्डारणमा राखिएको सुन्तला एक महिनामै कुहियो
भवानी अधिकारी/स्याङ्जा : शीत भण्डारणमा राखिएको सुन्तला एक महिनामै कुहिएको छ। पुतलीबजार नगरपालिका-११ जैसीडाँडामा स्थापित शीतभण्डारमा राखेको महिना दिनमै सुन्तला कुहिएको हो।
मङ्सिर १४ गते चैतसम्म राखेर मुनाफा कमाउने लक्ष्य लिएर १६७ कृषकले सुन्तला राखेकामा दुई महिनामा शीतगृह खाली भएको छ।
विगतका वर्षमा भन्दा यस वर्ष झण्डै तेब्बर सुन्तला फलेको थियो। भण्डारण गरेर बेमौसममा राम्रो आम्दानी लिन यहाँका किसानले शीत भण्डारण गरेका हुन्। तर, महिना दिनमै कुहिन थालेपछि किसानका सुन्तला खेरा गएका छन्।
जिल्लाभरका किसानले १ सय ६० मेट्रिक टन सुन्तला भण्डारण गरेका थिए। भण्डारणमा राखिएकामध्ये ७० प्रतिशत सुन्तला बिग्रिएको स्थानीय किसान कृष्णजंग केसीले बताए।
केही किसानले आफ्नै सुन्तला भण्डारण गरेका थिए भने केही किसानले खरिद गरी बेमौसममा महंगोमा बेच्ने उद्देश्यले भण्डारण गरेका थिए।
यस वर्ष स्याङ्जामा १ अर्ब ३८ करोड मूल्य बराबरको सुन्तला फलेको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जानकारी दिए।
भण्डारणका बेला अपनाउनुपर्ने चिस्यान लगायत प्राविधिक पक्षलाई ध्यान नदिँदा सुन्तला कुहिएको सुन्तला विज्ञ बताउँछन्।
शीत भण्डारमा सुन्तला कुहिएपछि प्रदेश र स्थानीय सरकारले चासो देखाएको छ।
गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री सीता सुन्दास र कृषि, तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ, सांसद सुधीरकुमार पौडेल, पुतलीबजार नगरप्रमुख तुलसीराम लगायतको टोलीले सुन्तलाका बारेमा जानकारी लिएका छन्।
शीत भण्डारसम्म पुगेर जानकारी लिएपछि मन्त्री, सांसद, प्रमुखले सुन्तला किसान मर्कामा परेको जनाउँदै राज्यले राहत उपलब्ध गराउनु पर्नेमा जोड दिए।
मन्त्रिपरिषद् बैठकबाट किसानलाई राहत दिने र आउँदो वर्ष सबै सुन्तला सुरक्षित राख्ने कार्यमा सहयोग गर्ने कृषिमन्त्री गुरुङले बताए।
प्रदेशसभामा यहाँका सुन्तलाका बारेमा प्रश्न उठेपछि मुख्यमन्त्री खगराज अधिकारीको निर्देशनमा स्थलगत निरीक्षणका लागि शीतभण्डार गृहमा आएको सांसद पौडेलले जानकारी दिए।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


