बसको ठक्करबाट एक युवतीको मृत्यु ।

पोखरा:
पोखरा महानगरपालिका- ९ पृथ्वीचोकमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
आज बिहीबार बिहान पोखराको बुद्धचोकबाट पृथ्वीचोक आउँदै ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक २७ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो ।
बिहान करिब ९ बजे भएको उक्त दुर्घटनामा घाइते आचार्यलाई उपचारका लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएपनि उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…