बसको ठक्करबाट एक युवतीको मृत्यु ।
पोखरा:
पोखरा महानगरपालिका- ९ पृथ्वीचोकमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
आज बिहीबार बिहान पोखराको बुद्धचोकबाट पृथ्वीचोक आउँदै ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक २७ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो ।
बिहान करिब ९ बजे भएको उक्त दुर्घटनामा घाइते आचार्यलाई उपचारका लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएपनि उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


