आफ्नो भान्सामा प्रयोग गरिएको एलपी ग्यास सिलिन्डरको गुणस्तर कसरी चिन्ने ।
काठमाण्डौ:
तपाईले आफ्नो भान्सामा ‘किचेन बम’ सेट गरिरहनु भएको छ । त्यो बम सावधानी अपनाउन नसक्दा जुनसुकै बेला विस्फोट हुनसक्छ । सावधानी अपनाउनु भयो भने खतराबाट धेरै हदसम्म जोगिन सकिन्छ ।
खाना पकाउन प्रयोग गरिने एलपी ग्यास सिलिन्डर बम पनि बन्न सक्छ । । किनभने ग्यास सिलिण्डर पड्किएर धेरैले ज्यानसमेत गुमाइसकेका छन् । सिलिण्डर लिक हुने, विष्फोट हुने जस्ता घटनाहरु बढिरहेका छन् ।
खाना पकाउने ग्यास सिलिन्डर लिक भएर नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको घरमा लागेको आगोले हाम्रो भान्छा कति सुरक्षित छ भन्ने प्रश्न फेरि टड्कारो रूपमा उठेको छ।
ग्यास विस्फोटको घटना न्यूनिकरणका लागि भन्दै गुणस्तर तथा नापतौल विभागले ल्याएको सिलिन्डर मापदण्ड पनि पूर्णरुपमा लागू हुन सकेको छैन । ग्यास उद्योगीहरुले सरकारी नियमको उलंघन गरिहेका छन् ।
यस्तो अवस्थामा उपझोता आफैं सचेत हुने हो भने पनि धेरै हदसम्म दुर्घटना कम गर्न सकिन्छ । सर्वसाधारणलाई सिलिण्डरको म्यादका सम्वन्धमा जानकारीको अभाव हुँदा पनि जोखिम मोल्न बाध्य भएका छन् । खाद्य सामानमा जस्तै ग्यास सिलिन्डको पनि म्याद सकिने समय उल्लेख हुन्छ । तर, त्यसका लागि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । सिलिण्डरको म्याद उपभोक्ताले सहजै हेर्न सक्छन् ।
कसरी हेर्ने , के के हेर्ने ।
ग्यास सिलिण्डरको घाँटीमा भएका ३ वटा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड उल्लेख गरिएको हुन्छ ।
डण्डीमा उल्लेख गरिएको कोडकै आधारमा ग्यास सिलिन्डको म्याद थाहा पाउन सकिन्छ । सिलिन्डरमा प्रयोग गरिएको डन्डीको घाँटीमा A, B, C, D कोर्ड नम्बर राखिएको हुन्छ । कोडसँगै 18, 20, 22, 24, 26, 28 आदि अंकहरु हुन्छ । सोही आधारका सिलिन्डरको म्याद पत्ता लगाउन सकिन्छ ।
A, B, C, D ले अंग्रेजी महिनाको क्रमशः ३/३ महिना जनाउँछ । जसमा A जनवरी, फेब्रुअरी र मार्च महिना जनाउँछ भने B ले अप्रिल, मे, जुन महिनालाई जनाउँछ ।C ले जुलाई, अगष्ट र सेप्टेम्बर तथा D ले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ । त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ । जस्तै 22 अंक लेखिएको भएमा त्यसको म्याद 2022 सम्म हो भन्ने बुझ्नुपर्दछ ।
‘A-22’ लेखिएको सिलिण्डरको म्याद सन् 2022 को मार्च सम्म हो भनी बुझ्नुपर्छ । यसैगरी सिलिन्डरमा D-28 लेखेको छ भने त्यो सिलिन्डरको म्याद सन् 2028 को डिसेम्बर सम्मको रहेछ भनेर बुझनुपर्छ ।
एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ । १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ ।
नेपाल आयल निगमका अनुसा सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा त्यसलाई मर्मत तथा वल्डिङ गरेर प्रयोग गर्न पाइँदैन । सिलण्डरको म्याद मात्रै होइन, सिलिण्डरको तौल पनि धेरैलाई थाहा नभएको हुन सक्छ । फलामको तौल फरक फरक भए पनि त्यसले कुनै प्रभाव भने पार्दैन ।
केही सिलिण्डरको तौल १४ र केही सिलिण्डरको १५ केजीभन्दा बढी तौल हुने गरेको छ । सिलिण्डरको घाँटीमा रहेका तीन डण्डीमध्ये एउटामा वा घाँटीमुनि सुरुमा सिलिण्डरको तौल र त्यसको मुनि ग्यासको तौल १४ दशमलव २ केजी लेखिएको हुन्छ । सिलिण्डरको फलामको तौल जति भए पनि ग्यासको तौल भने १४ दशमलव २ केजी हुनपर्छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


