झापाका किसान उत्पादित कुखुरासहित सडक प्रदर्शनमा ।
बिर्तामोड:
उचित मूल्य नपाएको भन्दै झापाका किसानले उत्पादित कुखुरासहित सडकमा प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सडकमा अण्डा फालेरसमेत विरोध जनाएका छन् । किसानले उत्पादन गरेको कुखुरा र अण्डा बिचौलियाका कारण बिक्री नभएको उनीहरुको आरोप छ ।
मूल्य र बजार नपाएको भन्दै मंगलबार झापाको बिर्तामोडस्थित विरोध जनाउँदै किसान ।जिल्लाभरका अण्डा उत्पादक, कुखुरा पालक, बाख्रा पालकसहितका किसान आन्दोलित भएका हुन् । उनीहरूले मंगलबार दिउँसो बिर्तामोडको मुक्तिचोकमा नाराबाजी गर्दै विरोध जनाएका हुन् । उनीहरू करिब ४ सय कुखुरा र २० कार्टुन अण्डासहित प्रर्दशनमा उत्रिएका थिए ।
झापामा दैनिक एक हजार ५ सय कार्टुन अण्डा उत्पादन हुन्छ । तर, खपत जिल्लामा मात्र दैनिक ३ हजार कार्टुनभन्दा बढी रहेको मेचीनगर नगरपालिका -२ का किसान चुडामणि (सीएम) मगरले जानकारी दिए ।
‘बजारको मागभन्दा आधा पनि उत्पादन छैन । तर पनि हाम्रो उत्पादन बिक्री हुँदैन,’ मगरले भने,‘त्यसमा पनि बिचौलियाका कारण हामीले उचित मूल्य पाउन सकेका छैनौं ।’ उनका अनुसार बजारमा उपभोक्ताले अण्डा प्रतिगोटा १५ रुपैयाँमा खरिद गर्नुपर्छ । किसानले भने प्रतिगोटा ८ रुपैयाँका दरले मात्र बिक्री गर्ने गरेको उनले बताए ।
‘दानाको भाउ बढेर खप्नै नसक्ने अवस्थामा पुगेका छौं,’ दमकका किसान देवेन्द्र प्रसाईंले भने,‘एक वर्षअघि २७ सयमा पाउने एक बोरा दानाको दाम अहिले ३६ सय पुगेको छ । तर, हाम्रो अण्डाको मूल्य एक वर्षअघि पनि २८ सय रुपैयाँ प्रतिकार्टुन थियो । अहिले पनि त्यही मूल्य छ ।’
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


