प्रहरी चौकीअगाडि कुटीकुटी वृद्धको हत्या ।
महोत्तरी:
महोत्तरीमा प्रहरी चौकी अगाडिकै चोकमा विवादपछि कुटपिट हुँदा एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको जलेश्वर नगरपालिका- ५ पर्सा पतैलीचोकमा सोही ठाउँनिवासी ७५ वर्षीय हरिदेव राउतलाई उनकै नातामा काका पर्ने ६८ वर्षीय सुरेन्द्र राउतले कुटपिट गर्दा मृत्यु भएको हो।
दुई वर्ष पहिलेदेखि जग्गासम्बन्धी विवाद थियो। त्यही विवादले अचानक झगडाको रूप लियो। दुईजना बीचको विवाद बढ्दै जाँदा सुरेन्द्रले हरिदेवमाथि कुटपिट सुरु गरे। उनको कुटपिटबाट हरिदेवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सबै घटनाक्रम प्रहरी चौकीअगाडि नै भएकोले प्रहरीले स्थिति नियन्त्रण लिन पहल नगरेको भन्दै स्थानीयले चौकीअगाडि धर्ना दिएका थिए। जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलीले घटना मुचुल्का उठाई शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएको छ।। कुटपिट गरेर मानिस मारेको आरोपमा प्रहरीले सुरेन्द्रलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तोषकुमार पोखरेलले घटनाको अनुसन्धान भइरहेको छ। उनको अनुसार प्रहरी चौकीअगाडि भएको घटनासम्बन्धी अनुसन्धान गर्न चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानिएको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


