जिल्लास्तरीय भलिबलको उपाधि स्याङ्जालाई ।
पाल्पा:
जिल्लामै पहिलो पटक १ लाख ५१ हजार राशी पुरस्कार रहेको भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशको स्याङ्जा जिल्लाले हात पारेको छ ।
जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा गण्डकी प्रदेशकै जिल्ला भलिबल संघ नवलपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो ।
फाइनलमा स्याङ्जाले लगातार २५–२०, २५–१४ र २५–१५ को सेटमा नवलपुरलाई पछि पारेको थियो । नवलपुर दोस्रो भयो । पहिलो हुनेले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता नवलपुरले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।
जिल्ला भलिबल संघ पाल्पाको आयोजना र रामपुर नगर खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रतियोगितामा जिल्ला भलिबल संघ पाल्पा तेस्रो भयो । जिल्ला भलिबल संघ बाग्लुङलाई ३–१ सेटले पराजित गर्दै पाल्पा विजयी भएको हो । पाल्पाले पहिलो, दोस्रो र चौथो सेट २५–१७, २५–१८, २५–१६ सेट हात पारेको थियो । तेस्रो सेट २५–२२ सेटमा बाग्लुङले जितेको हो । तेस्रो भएसंगै पाल्पाले ५१ हजार १ सय ११ रुपैयाँसहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला भलिबल संघले जनाएको छ ।
तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा आयोजित प्रतियोगिता लुम्बिनी र गण्डकी प्रदेशका सात जिल्लाको सहभागिता रहेको थियो । रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रयोजक रहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी स्याङ्जाका सञ्जुविक्रम शाही, बेस्ट ब्लकर नवलपुरका हिमाल सुनारी, बेस्ट स्पाइकर स्याङ्जाका हरी पाण्डे, बेस्ट सेटर स्याङ्जाका सुदीप राना, बेस्ट सर्भर पाल्पाका आशिष श्रेष्ठ र बेस्ट डिफेण्डर स्याङ्जाका राजन दर्लामी भए ।
उत्कृष्ट खेलाडीलाई जनही ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । विजयी तथा उपविजयी खेलाडीहरुलाई रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङ, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, चापाकोट नगरपालिकाकी उपप्रमुख ईशा रानाले पुरस्कार वितरण गर्दै खेलाडीको हौसला बढाउन स्थानीय तह सधैँ सक्रिय रहेको बताए ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


