प्रहरीको भ्यानबाट हामफालेर हतकडीसहित फरार ।

काठमाण्डौ:
प्रहरीको भ्यानबाट हामफालेर धनुषामा एक अभियुक्त फरार भएका छन्। जबरजस्ती करणी मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया हतकडीसहित भागेका हुन्।
धनुषा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किंदै गर्दा आइतबार बेलुकी करिब ७ बजे यदुकुहास्थित कमला नहर नजिकबाट मुखिया भागेको डिएसपी बेदप्रसाद गौतमले बताए।
‘प्रहरी भ्यानमा ६/७ जना प्रहरी र ४/५ जना थुनुवा थिए,’ उनले भने, ‘एक अभियुक्त कसरी भागे भन्ने हामी अनुसन्धान गर्दैछौं।’ गौतम प्रहरीको भ्यानबाट हामफालेर भागेको बताइएको छ। उनको खोजी कार्य तीव्र बनाइएको डिएसपी गौतमले बताए। प्रहरीबाट उम्केर धनुषामा एक महिनामै थुनुवा फरार भएको यो दोस्रो घटना हो।
गत माघ १५ गते इप्रका सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए। तीमध्ये २ जना अझै फरार छन्।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…