नवआगन्तुक प्रजिअ शशिधर घिमिरे र पत्रकारबीच पहिलो भेटवार्ता
स्याङ्जा १८ माघ ।
स्याङ्जामा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र यहाँका क्रियाशिल पत्रकारबीच मंगलबार प्रशासन कार्यालयमा परिचयात्मक कार्यक्रम गरिएको छ ।
प्रजिअ घिमिरेले स्याङ्जा जस्तो पुण्यभूमिमा सेवा गर्न पाएको अवसरलाई उपयोग गर्दै सबैसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
कला संस्कृति, धार्मिक एवं शैक्षिक क्षेत्रमा अग्रणीस्थानमा रहेको स्याङ्जाको शान्ति सुब्यवस्था, विकास निर्माण लगायत अन्य बिबिध कार्यमा संचारजगतको महत्वपूर्ण भूमिका रहने उहाले जनाउनु भयो ।
निजामति सेवा र संचारजगतको मुख्यउदेश्य भनेको समाजसेवा नै रहेको जनाउदै प्रजिअ घिमिरेले समग्र जिल्लाका विकास र शान्ति सुब्यवस्था कायम राख्ने कार्यमा हातेमालो गर्दे अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माले स्याङ्जा र पत्रकारिताका अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
गृह मन्त्रालयले झण्डै एक साताअघि यहाँ कार्यरत प्रजिअ गंगाबहादुर क्षेत्रीलाई गृहमन्त्रालयमा र अर्घाखाचीमा कार्यरत प्रजिअ घिमिरेलाई स्याङ्जा सरुवा गरेको थियो ।
सरुवा भएका प्रजिअ घिमिरे दुई दिनअघि स्याङ्जा आउनु भएको हो
। निजामति सेवामा १८ बर्ष सेवा गर्नुभएका प्रजिअ घिमिरेको घर गुल्मी हो । खरिदार पदबाट निजामति सेवामा प्रवेश गर्नु भएका घिमिरेले नासु, उपसचिव हुदै हाल सहसचिव पदमा सेवारत हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


