” बुह्रान ” विमर्श एवम रचना वाचन समारोह सम्पन्न
वालिङ :
बैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा युवा आख्यानकार व्यक्तित्व महानन्द ढकालको नवीनतम आख्यान कृति ” बुह्रान ” को विमर्श एवम रचना वाचन समारोह आज फागुन ७ गते आइतबार अर्थात प्रजातन्त्र दिवसका दिन वालिङ, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार व्यक्तित्व देवीप्रसाद वनवासीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व महानन्द ढकालद्वारा आफ्नो एउटा उत्कृष्ट गजल रचना र व्यानरमा उल्लेख गरिएको विवरण वाचन गरेर समारोहको समुदघाटन गरिएको थियोे ।
विशिष्ट आमन्त्रित व्यक्तित्वत्रय अच्युतशरण अर्याल, नारायणप्रसाद ज्ञवाली र वेदप्रसाद अर्यालद्वारा सारगर्भित मन्तव्यसहित आफ्नो उत्कृष्ट रचना प्रस्तुत गरिएको समारोहमा बाबुराम रेग्मीद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको थियोे भने आमन्त्रित व्यक्तित्व सिजन अर्याल, स्मारिका अर्याल, तोलाकान्त बगाले, बोधराज न्यौपाने, गिरधारी अर्याल राजु, पारिश्वर न्यौपाने, गोपालप्रसाद न्यौपाने, वसन्ती अधिकारी, सुदीप सुवेदी, मालारानी थापा क्षेत्री, लक्ष्मीप्रसाद ढकाल र विष्णुप्रसाद ढकाल लगायतका महानुभावहरुद्वारा आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरिएको थियोे । यसै समारोहमा बैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको तर्फबाट महानन्द ढकाललाई ढाकाको टोपी लगाएर सम्मान गरिएको थियोे । अभियानका संस्थापक सहयात्रीद्वय वसन्त खनाल र शम्भु अर्यालद्वारा ” बुह्रान ” कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको उक्त समारोहको सहजीकरण अभियानका संस्थापक संयोजक मिलन समीरद्वारा गरिएको थियोे ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


