मदिरा नियमन गर्दै अर्जुनचौपारी गाउँपालिका
अर्जुनचौपारी :
जिल्लाको अर्जुनचौपारी गाउँपालिकाभित्र मदिरा बिक्री वितरण गर्न समय निर्धारण गरिएको छ । पालिकाले एक सूचना जारी गर्दै अर्जुनचौपारी गाउँपालिकाभित्र बेलुका ५ बजेदेखि ८ बजेभित्र बाहेक कुनै पनि समयमा पसल, होटेल, रेष्टुराहरुमा मदिरा बिक्री वितरण नगर्न अनुरोध गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उज्जल बहादुर बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, अर्जुनचौपारी गाउँपालिकाको मदिरा नियन्त्रण तथा व्यवस्थापन ऐन, २०७९ माघ १९ गते देखि प्रारम्भ भएको हुँदा सो ऐनको दफा ६ मा व्यवस्था भए अनुसार मदिरा बिक्री वितरणको अनुमति प्राप्त व्यवसायीहरुले अर्जुनचौपारी गाउँपालिका भित्र बेलुका ५ बजेदेखि ८ बजेसम्म बाहेक कुनै पनि समयमा पसल होटेल रेष्टुराहरुमा मदिरा बिक्री वितरण नगर्नु नगराउनु हुन जानकारी गराईन्छ ।
पलिकाले कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी निषेधित समयमा ओसारपसार, बिक्री वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचना मार्फत जानकारी गराएको छ । साथै प्रचलित कानून बमोजिम अर्जुनचौपारी गाउँपालिका भित्र मदिरा बिक्री, वितरण गर्न अनुमति प्राप्त व्यवसायीहरु २०७९ फागुन २ गतेसम्म सम्बन्धित वडा कार्यालयबाट समेत अनुमति लिनुहुन जानकारी गराएको छ । अर्जुनचौपारी बजार वा अन्य ठाउँबाट मदिरा किनेर बिक्री वितरण गर्न लैजान स्वीकृति लिएको व्यवसायीहरुलाई ५ बजेदेखि ८ बजेसम्म समयको सीमा नलाग्ने व्यहोरा विज्ञप्तिमा उल्लेख गरिएको छ । यता संघीय सरकारबाट अनुमति प्राप्त गरि मदिरा व्यवसाय गर्दा पनि स्थानीय सरकारको मनोमानी निर्णयले आफूहरुको व्यवसाय नै धरापमा परेको मदिरा व्यवसायीहरुको भनाइ छ ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


